चितवन हात्ती महोत्सवः पोलोमा रत्ननगर नगरपालिकाको सानदार जित
रत्ननगर । सौराहामा जारी हात्ती महोत्सव अन्तर्गत मंगलवार भएको हात्ती पोलोको दोश्रो सेमिफाइनल खेलमा रत्ननगर नगरपालिकाले सानदार जित निकालेको छ । जितसंगै रत्ननगर नगरपालिका हात्ती पोलोको फाइनलमा प्रवेश गरेको हो । पूर्वी चितवनकै राप्ती नगरपालिकालाई २ का विरुद्ध ५ गोलले पछि पार्दै रत्ननगर फाइनलमा प्रवेश गरेको हो । रत्ननगरलाई जिताउन विनोद चौधरीले पाँच गोल गरेका थिए ।
राप्ती नगरपालिकाक...