परुई खोलाको सिरानकाे भिषण पत्थरमा राम र सीताको जस्तै आकृति
अजित अधिकारी
चितवन । माडी धार्मिक ऐतिहासिक स्थलका रुपमा बिश्व बिख्यात छ । प्राचीनकालदेखि विभिन्न किसिमका भु बनोटमा निर्मित प्राचीन र प्राकृतिक संरचनाहरु यस क्षेत्रमा देख्न पाइन्छ । विशेषगरी यहाँ विभिन्न समयमा बसोबास गर्दै आएका भगवानहरुको बसोबासको रुपमा रहेको देब भुमिको रुपमा माडीलाई लिइन्छ । चारैतिर निकुञ्जले घेरिएको बिचमा समथर भुभागका रुपमा रहेको उपत्यकालाई नै माडी भनिन्छ...









