माडीमा लकडाउनका कारण फलफूलखेती हुन नसकेपछि मकै खेती गरियो
अजित अधिकारी
चितवन । माडी नगरपालिका ५ स्थित मगोइ खोलाको किनार हुँदै बघौडादेखि छरछरेसम्म गरिने भनिएको बृहत फलफूलखेती लकडाउनका कारण प्रभावित भएपछि मकै खेती गरिएको छ । बिश्वब्यापी महामारीको रुपमा रहेको कोभिड १९ अर्थात कोरोना भाइरसका कारण विश्व समुदाय नै आक्रान्त बनिरहेका बेला यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विभिन्न ब्यापार ब्यबसाय एबम कृषि क्षेत्रमा नराम्रो संग असर पारेको...









