रत्ननगरमा अझै सुध्रेन कोरोना ग्राफ, २० जना संक्रमित थपिएसँगै जम्मा संख्या ४६७ पुग्यो

रत्ननगरमा अझै सुध्रेन कोरोना ग्राफ, २० जना संक्रमित थपिएसँगै जम्मा संख्या ४६७ पुग्यो
महेश पाण्डे चितवन । रत्ननगरमा अझै कोरोनाको ग्राफ सुध्रने अवस्थामा देखिएको छैन । बुधवार २० जना कोरोना संक्रमित थपिएसँगै जम्मा संख्या ४६७ पुगेको छ । कोरोना महामारीको दोस्रो लहरको सुरुवात भएसँगै बढेको रत्ननगरको कोरोना ग्राफ घट्ने भन्दा पनि हालसम्म पनि बढ्ने क्रममानै रहेको देखिएको छ । रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेल यसो हुनुको कारण बकुलहर रत्ननगर अस्पतालमा...

नेविसंघद्वारा टाँडिमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन, प्रहरीद्वारा लाठीचार्ज

नेविसंघद्वारा टाँडिमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन, प्रहरीद्वारा लाठीचार्ज
चितवन । नेविसंघले प्रतिगमन विरुद्ध पूर्वी चितवनकाे टाँडिमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेकाे छ । मंगलबार साँझ नेविसंघ चितवन, नेविसंघ क्षेत्र नं. (ख), नेविसंघ रत्ननगर, नेविसंघ शहिद स्मृति क्यापसमा आवद्घ युवाहरुले रत्ननगरकाे साैराहा चाेक देखि टाँडी चाेक सम्म मसाल बालेर नारावाजी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले चालेकाे असंवैधानिक कदमकाे बिराेधमा पुत्ला दहन गरेक...

“आयुर्वेदिक उपचारका लागि रत्ननगर जाउँ” भन्ने अभियान चलाउनु पर्छः सांसद कृष्ण खनाल

“आयुर्वेदिक उपचारका लागि रत्ननगर जाउँ” भन्ने अभियान चलाउनु पर्छः सांसद कृष्ण खनाल
महेश पाण्डे चितवन । बागमती प्रदेशका सांसद कृष्ण खनालले आयुर्वेद उपचारका लागि रत्ननगर जाउँ भन्ने अभियान चलाउनु पर्ने बताएका छन् । बिहिबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रत्ननगरको ब्यवस्थापन समितिको भर्खरैमात्र अध्यक्ष बनेका राजेन्द्र कुमार श्रेष्ठलाई स्वागत गर्न आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका बागमती प्रदेशका सांसद कृष्ण खनालले सो कुरा बताएका हुन् । खनालले ...

दिन दुःखीको सहारा बन्दै नेवा मल्टि प्रपोज सोसाइटी, बाड्यो ४४ घरपरिवारलाई राहत

दिन दुःखीको सहारा बन्दै नेवा मल्टि प्रपोज सोसाइटी, बाड्यो ४४ घरपरिवारलाई राहत
चितवन । नेवा मल्टि प्रपोज सोसाइटी दिन दुःखीको सहारा बन्ने काममा अगाडि बढ्दै गएको छ । कोराना महामारीमा दैनिक रुपमा ज्यालादारी, मज्दुरी गरेर खाने तथा बिपन्न रहेका ४४ घर परिवारलाई सो संस्थालाई राहत बितरण गरेको हो । सोसाइटीले आईतबार रत्ननगरमा रहेका ४४ घरपरिवारका बिपन्न, ज्यालादारी, मज्दुरी गरेर दैनिक हातमुख जोर्ने परिवारलाई करिब १ लाख बराबरको राहत सामाग्री बितरण गरेको हो । सो...

जापानका दिलिप शर्माद्वारा चेपाङ बालबालिकालाई खाधान्न तथा स्टेशनरी हस्तान्तरण ।

जापानका दिलिप शर्माद्वारा चेपाङ बालबालिकालाई खाधान्न तथा स्टेशनरी हस्तान्तरण ।
रवि रोषी, चितवन । जापानका दिलिप शर्मा गैर्हे बाट चितवनको मंगलपुर स्थित चेपाङ संरक्षण केन्द्रमा आश्रय लिएर शिक्षार्जन गर्दै आएका चेपाङ वालवालिकालाई १ लाख ५ हजार बरावरको खाधान्न तथा स्टेशनरी सामान प्रदान गरेका छन् । भरतपुर महानगरपालिका वडा नं. १० निवासी गैरे स्टार ग्रुपका सन्चालक तथा गैर आवासीय नेपाली संघ, कान्साई जापानका उपसंयोजक समेत रहेका छन् । जापानमै रही बिगत एक दशक...

अब रत्ननगरमा निःशुल्क एन्टिजेन परीक्षण

अब रत्ननगरमा निःशुल्क एन्टिजेन परीक्षण
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा निःशुल्क एन्टिजेन परीक्षण सुरु भएको छ । नगर भित्रका चारवटा स्वास्थ्य संस्थामा आइतवार देखि परीक्षण सुरु गरिएको हो । रत्ननगर अस्पतालमा प्रत्येक बुधवार,बछौली स्वास्थ्यचौकीमा प्रत्येक आइतवार,पञ्चकन्या स्वास्थ्यचौकीमा प्रत्येक मंगलवार र पिठुवा स्वास्थ्य चौकीमा प्रत्येक विहीवार एन्टिजेन परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले जानका...

कोरोनासँगको लडाई हार्नुभएका एक सबल स्वास्थ्यकर्मी डिल्लीराम अधिकारी

कोरोनासँगको लडाई हार्नुभएका एक सबल स्वास्थ्यकर्मी डिल्लीराम अधिकारी
डा.सन्तोष शर्मा भुषाल चितवन मुटु अस्पताल डिल्लीराम अधिकारी, एक यस्तो नाम जो बिगत लामो समय देखि पुर्बी चितवन मा मेडिकल स्थापना गरि त्यहाँका जनता हरुको सेवा गर्दै आउनु भएको थियो । सधै हसिलो फुर्तिलो स्वभाव का धनी उहाँले आफ्नो काम प्रती कहिले सम्झौता गर्नु भएन । कोरोना को पहिलो लहर देखि नै सक्रिय हुँदै आफ्नो काम कर्तव्य निरबाह गर्दै गर्दा आज हामिले कोरोना दोस्रो लहर मा उहाँल...

ईलाका प्रहरी कार्यालय रत्ननगरलाई नेविसंघको स्वास्थ्य सामाग्री सहयोग

ईलाका प्रहरी कार्यालय रत्ननगरलाई नेविसंघको स्वास्थ्य सामाग्री सहयोग
चितवन । ईलाका प्रहरी कार्यालय रत्ननगरलाई नेविसंघले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आज (सोमबार) नेविसंघ जिल्ला समिति, नेपाल तरुण दल जिल्ला समिति तथा नेविसंघ रत्ननगरले संयुक्त रुपमा ईलाका प्रहरी कार्यालय रत्ननगरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । नेविसंघ जिल्ला समिति उपाध्यक्ष आयुष चन्द्र श्रेष्ठले कोरोना महामारीमा सधै फिल्डमा रहने प्रहरीलाई केहि भएपनि सहज होस भन...

रत्ननगर अस्पताललाई २० वटा अक्सिजन सिलिण्डर दिदै सपना भिलेज, पहिलो चरणमा ७ वटा प्रदान

रत्ननगर अस्पताललाई २० वटा अक्सिजन सिलिण्डर दिदै सपना भिलेज, पहिलो चरणमा ७ वटा प्रदान
महेश पाण्डे चितवन । सामाजिक कार्यको क्षेत्रमा सक्रिय रहेको सपना भिलेजले २० वटा अक्सिजन सिलिण्डर बकुलहर रत्ननगर अस्पताललाई दिने भएको छ । आज (सोमबार) पहिलो चरणमा ७ वटा अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराउदै संस्थाका अध्यक्ष ध्रुव गिरीले कम्तिमा पनि २० वटा अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका हुन् । गिरीले सपना भिलेज सोसियल इम्प्याक्ट कार्यक्...

रत्ननगरका ९१ वर्षीय वृद्ध छोराछोरीले छोडेर गएपछि नातिनिको भरमा, स्थानिय युवाद्धारा सहयोग

रत्ननगरका ९१ वर्षीय वृद्ध छोराछोरीले छोडेर गएपछि नातिनिको भरमा, स्थानिय युवाद्धारा सहयोग
चितवन । आफ्ना छोराछोरीले छोडेर गएपछि नातिनिको भरमा रहेका ९१ वर्षीय बृद्धलाई युवाहरुले खाद्यन्न सामाग्री सहित सहयोग गरेका छन् । रन्ननगर १६ का युवाहरुले सोही स्थानमा बस्ने ९१ वर्षका वृद्धलाइ करिब १२ हजार बराबरको खाद्यन्न सामग्री सहित सहयोग हस्तान्तरण गरेका हुन् । निम्न आर्थिक अवस्था भएका ९१ वर्षिया वृद्ध टेक बहादुर मगर करिब ३ वर्ष अगाडी आफ्नै छोरा बुहारीले छोडेर गएपछि नातिनीको स...