चितवनमा चाडपर्वका समयमा दुर्घटना बढी
चितवन । चितवन जिल्लामा चाडपर्वका समयमा दुर्घटना बढी भएको पाइएको छ । दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा सवारी दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ । तीमध्ये १० जना कात्तिक महिनामा मात्रै भएका हुन् । कात्तिकमा दशैँ र मङ्सिर १ गते तिहार परेको थियो । साउनमा...








