प्याराग्लाइडिङ दुर्घटनामा पाइलटको मृत्यु, एक घाइते

प्याराग्लाइडिङ दुर्घटनामा पाइलटको मृत्यु, एक घाइते
पोखरा । प्याराग्लाइडिङ दुर्घटनामा परी पोखरामा सोमबार एक पाइलटको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोटबाट उडान भरेको फिष्टेल कम्पनीको प्याराग्लाइडिङ अवतरणको क्रममा आज दुर्घटना हुँदा पाइलट ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका पोखरा–२८ घर भई हाल लेकसाइड बस्ने पा...

सोमबार थपिए १९८० संक्रमित, ३०४३ जना डिस्चार्ज, १६ जनाको मृत्यु

सोमबार थपिए १९८० संक्रमित, ३०४३ जना डिस्चार्ज, १६ जनाको मृत्यु
काठमाडौँ । नेपालमा सोमबार १९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार सोमबार थप १६ सहित १३३७ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा थप ३०४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख २ हजार ६७ पुगेक...

पूर्वी चितवनकाे हर्दीमा ग्याँस बुलेटकाे ठक्करबाट २ जनाकाे मृत्यु, स्थिति तनावग्रस्त

पूर्वी चितवनकाे हर्दीमा ग्याँस बुलेटकाे ठक्करबाट २ जनाकाे मृत्यु, स्थिति तनावग्रस्त
चितवन :  पूर्वी चितवनकाे हर्दीमा ग्याँस बुलेटकाे ठक्करबाट २ जनाकाे मृत्यु भएपछि स्थिति तनावग्रस्त भएकाे छ । राप्ती नगरपालिका-६ हर्दीमा मोटरसाईकमा सवार दुई जनालाई ग्याँस बुलेटले ठक्कर दिदा उनिहरुकाे घटनास्थलमै मृत्यु भएको थियाे । मुत्यु हुनेमा राप्ती ५ को भण्डाराका अन्दाजी २१ बर्षका सचिन दनै र राप्तीकै अन्दाजी बर्ष २५ का नवराज दनै रहेको चितवन प्रहरीले जनाएको छ । घटनामा ठक्क...

विस्फोट पदार्थसहित चन्दका छ नेताकार्यकर्ता पक्राउ

विस्फोट पदार्थसहित चन्दका छ नेताकार्यकर्ता पक्राउ
लमजुङ । विस्फोटक पदार्थसहित नेत्रविक्रम चन्द समूहका ६ नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दोर्दी गाउँपालिका– ५ खिमचोक पाँचस्वाँरामा उनीहरुले अवाच्छनीय गतिविधि गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा आज अपराह्न १ बजे प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाको नेतृत्वमा गएको टोलीले तिनलाई घेराबन्दी गरेर पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका व...

आइतबार १६६९ जनामा कोरोना संक्रमण, ५६९९ जना डिस्चार्ज, १६ जनाको मृत्यु

आइतबार १६६९ जनामा कोरोना संक्रमण, ५६९९ जना डिस्चार्ज, १६ जनाको मृत्यु
काठमाडौँ । नेपालमा आइतबार १६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार आइतबार थप १८ सहित १३२१ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा थप ५६९९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १ लाख ९९ हजार २४ पुगेक...

ईप्रका माडीका प्रमुख पौडेलद्वारा बिकृती र बिसङ्गती विरुद्ध सशक्त भएर लाग्ने प्रतिबद्धता

ईप्रका माडीका प्रमुख पौडेलद्वारा बिकृती र बिसङ्गती विरुद्ध सशक्त भएर लाग्ने प्रतिबद्धता
अजित अधिकारी चितवन । माडीमा हुने सामाजिक बिकृती र बिसङ्गगतिका विरुद्ध आँफू निरन्तर सशक्त भएर लाग्ने ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले नेपाली आवाज डटकमसंग बताएका छन । पछिल्लो समय माडीमा दिनप्रतिदिन दुर्घटनाका घटनाहरु घटिरहेको हुँदा अब तत्काल यस विषयकमा निकासको बाताबरण सिर्जनागरी दुर्घटना मुक्त समुन्नत समाजको निर्माण गर्नुपर्नेमा जोड दिए । उनले महिला हिंसा,...

पूर्वी चितवनकाे टाँडी बजारमा राखिएको बम सेनाद्वारा डिस्पाेज

पूर्वी चितवनकाे टाँडी बजारमा राखिएको बम सेनाद्वारा डिस्पाेज
चितवन । पूर्वी चितवनकाे टाँडी बजारमा राखिएको बम सेनाद्वारा डिस्पाेज गरिएको छ । रत्ननगर नगरपालिका- २ टाँडी बजारमा निर्माणाधिन आकासे पुलमा बिहान फेला परेको बम नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेको हाे । ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरिक्षक रविन कार्कीले नेपाली सेनाको डिस्पोजल टोलिले बम डिस्पोज गरेको जानकारी दिए। उनका अनुसार डिस्पोजका क्रममा बम जस्तो देखिन...

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ वर्षमा प्रवेश, सबैभन्दा ज्येष्ठ राष्ट्रपति बन्दै

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ वर्षमा प्रवेश, सबैभन्दा ज्येष्ठ राष्ट्रपति बन्दै
वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शुक्रबार जन्मोत्सव परेको छ । उनी शुक्रबारदेखि ७८ वर्षमा प्रवेश गरेका छन् । उनले सपथ ग्रहण गर्दा अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ज्येष्ठ राष्ट्रपति हुने जनाइएको छ । यसअघि सन् १९८९ मा ह्वाइट हाउसमा सपथ ग्रहण गरेका बेला तत्कालिन राष्ट्रपति रोनाल्ड रेगन ७७ वर्ष ३४९ दिनका थिए । अहिलेसम्म उनलाई नै सबैभन्दा बूढो राष्ट्रप...

बेलायतमा एकैदिन २३ हजार कोरोना सङ्क्रमित, ५०१ जनाको मृत्यु

बेलायतमा एकैदिन २३ हजार कोरोना सङ्क्रमित, ५०१ जनाको मृत्यु
लन्डन । बेलायतमा एकै दिन करिब २३ हजार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको बताइएको छ । सरकारी स्रोतले उपलब्ध गराएको तथ्याङ्कमा बेलायतमा यही बिहीबार एकै दिन २२ हजार ९२५ जना कोरोनाका सङ्क्रमित देखिएका बताइएको हो । यहाँका स्वास्थ्य अधिकारीका अनुसार बिहीबार थपिएका ती सङ्क्रमितसहित यहाँ कोरोना सङ्क्रमितहरुको सङख्या १४ लाखभन्दा बढी पुगेको छ । बिहीबार यहाँको स्वास्थ्य मन्त...

भारतमा सङ्क्रमितको संख्या ९० लाख नाघ्यो

भारतमा सङ्क्रमितको संख्या ९० लाख नाघ्यो
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ । शुक्रबारमात्रै ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । कुल सङ्क्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ । भारतमा सङ्क्रमणमुक्त भएकहरुको दर ९३.६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म कुल ९० लाख चार हजार ३६५ ज...