भरतपुर अस्पतालमा निःशुल्क आकस्मिक सेवा सुरु

भरतपुर अस्पतालमा निःशुल्क आकस्मिक सेवा सुरु
चितवन । भरतपुर अस्पतालले गरिब तथा विपन्न वर्गका लागि निःशुल्क आकस्मिक सेवा सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग, उपचारात्मक सेवा महाशाखाको पत्रअनुसार अस्पतालले आइतबारदेखि गरिब तथा विपन्न वर्गलाई प्रारम्भिक चरणमा आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा राजन पाण्डेका अनुसार, भरतपुर अस्पताल विकास समितिको कात्तिक ५ गते सम्पन्न ...

थप एक भाले गैँडाको मृत्यु

थप एक भाले गैँडाको मृत्यु
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आइतबार थप एक गैँडा मरेको छ । निकुञ्जको पश्चिमी सेक्टरको लामिचौर नजिकैको घोलमा भाले गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार, अन्दाजी ३० देखि ३५ वर्षको गैँडा बुढो भएर मरेको हो । गैँडाको खाग र खुर सुरक्षित रहेका छन् । निकुञ्जमा यस आर्थिक वर्ष सुरु भए यता प्राकृतिक कारणले योसहित नौवटा गैँडा मरेका छन् । ...

पुरानो मेडिकल कलेजमा वृद्ध सङ्क्रमितको मृत्यु

पुरानो मेडिकल कलेजमा वृद्ध सङ्क्रमितको मृत्यु
चितवन । पुरानो मेडिकल कलेजमा उपचाररत एकजना वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–५ का ८२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । कात्तिक ६ गते निमोनियासम्बन्धी उपचारका लागि अस्पताल ल्याइएका उनमा कात्तिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको शनिबार राति मृत्यु भएको अस्प...

डा. पौडेलको पुस्तक “कम्मरीदेखि कोभिड कहर” काे गृह विमोचन एवम् विमर्श कार्यक्रम सम्पन्न

डा. पौडेलको पुस्तक “कम्मरीदेखि कोभिड कहर” काे गृह विमोचन एवम् विमर्श कार्यक्रम सम्पन्न
चितवन । डा. पौडेलको पुस्तक “कम्मरीदेखि कोभिड कहर” काे गृह विमोचन एवम् विमर्श कार्यक्रम सम्पन्न भएकाे छ । वरिष्ठ हाडजाेर्नि तथा नशा राेग विशेषज्ञ प्राध्यापक डा. कृष्णप्रसाद पौडेलद्वारा लिखित “कम्मरीदेखि कोभिड कहर” गृह विमोचन एवम् विमर्श कार्यक्रम शनिबार वाल्मिकी साहित्य सदनको आयोजनामा रत्ननगरमा सम्पन्न भएको हाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रत्ननगर नगरपालिकाका प्र...

सौराहामा अपेक्षा गरिएभन्दा बढी पर्यटक

सौराहामा अपेक्षा गरिएभन्दा बढी पर्यटक
चितवन । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासि चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदासमेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दसैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भइरहेका छन् । व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार ३० देखि ३५ प्रतिश...

विश्वभर कोरोना सङ्क्रमितको संख्या चार करोड ५९ लाख नाघ्यो

विश्वभर कोरोना सङ्क्रमितको संख्या चार करोड ५९ लाख नाघ्यो
न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५९ लाखभन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विश्वभरी चार करोड ५९ लाख ६०२ जना सङ्क्रमित भएका छन् । कोरोनाका कारण विश्वभरी अहिलेसम्म ११ लाख ९३ हजार ७६३ मानिसको मृत्यु भएको पनि विवरणहरुमा जनाइएको छ । सङ्क्रमित भएकाहरुक...

कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु

कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका छन् । अस्पतालका अनुसार रत्ननगर नगरपालिका–९ का ८८ वर्षीय कोरोना सङ्क्रमित वृद्ध रहेका छन् । उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अस्पतालमा कात्तिक ११ गते भर्ना भएका थिए । उनको स्वाब परीक्षण गर्दा १२ गते कोरोना पुष्टि भएको थियो । अस्पतालको कोभ...

माडीको कान्तिपुरमा सामुहिक खेती सबैकाे आकर्षण बन्दै

माडीको कान्तिपुरमा सामुहिक खेती सबैकाे आकर्षण बन्दै
अजित अधिकारी चितवन । माडी नगरपालिका ८ स्थित कान्तिपुर सामुहिक खेतीका लागि प्रमुख आकर्षण बन्दै गएको छ । सुर्यदय कृषि सहकारी संस्थाद्वारा संचालित सामुहिक खेतीमा करिब ५० बिगाहा जमिनमा धान तथा तरकारी बालीहरु लगाइएको छ । भने सामुहिक पाडा तथा बाख्रा पालनका लागि समेत कृषि फर्महरुको निर्माण गरिएको छ । भने पर्यटकहरुलाई बस्नको लागि आबासको रुपमा घरहरु समेत निर्माण गरिएको छ । यसैगरी विभि...

माडीमा अयोध्याधाम लगाएतका विषयकमा पत्रकार सम्मेलन

माडीमा अयोध्याधाम लगाएतका विषयकमा पत्रकार सम्मेलन
अजित अधिकारी चितवन । अयोध्या अध्ययन, अनुसन्धान तथा ब्यबस्थापन समितिको आयोजनामा शुक्रवार माडी नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बिच पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्म चितवन माडीको अयोध्यापुरीमा भएको अभिव्यक्ति दिएपछि । माडी यतिबेला चर्चाको शिखरमा रहेको हो । यस बिषयकले केन्द्रस्तरबाट नै प्राथमिकता पाएपछि माडी नगरपाल...

शुक्रबार ३५१७ जनामा कोरोना पुष्टि, ४०९६ जना डिस्चार्ज

शुक्रबार ३५१७ जनामा कोरोना पुष्टि, ४०९६ जना डिस्चार्ज
काठमाडौँ । नेपालमा शुक्रबार एकैदिन ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४०९६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख २१ हजा...