चितवनमा कोरोनाबाट गैँडाकोटकी एक महिलाको मृत्यु

चितवनमा कोरोनाबाट गैँडाकोटकी एक महिलाको मृत्यु
चितवन । चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका ९ निवासी ६२ वर्षीया महिलाको चितवन मेडिकल कलेज (सिएमसी)मा मृत्यु भएको हो । भदौ १७ गते परीक्षणका क्रममा कोरोना संक्रमण देखिएकी उनको स्वासप्रश्वासमा समस्या भएपछि सिएमसीको आइसियू वार्डमा भर्ना गरिएकोमा आइतबार राति ११ः३० बजे मृत्यु भएको सिएमसीका प्रशासन प्रमुख प्रताप देवकोटाले जानकारी दिए । यस...

आइतबार थपिए १०३९ संक्रमित, एकैदिन नौ जनाको मृत्यु

आइतबार थपिए १०३९ संक्रमित, एकैदिन नौ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको ९ हजार १६६ जनाको पिसिआर परीक्षणका क्रममा १०३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ५४ हजार २५९ पुगेको छ । जसमा १५ हज...

आठ कोरोना सङ्क्रमित गर्भवतीको सुरक्षित प्रसूति

आठ कोरोना सङ्क्रमित गर्भवतीको सुरक्षित प्रसूति
चितवन । भरतपुर अस्पतालले कोरोना सङ्क्रमित आठ गर्भवतीको सुरक्षित प्रसूति गराएको छ । अस्पतालको आइसोलेसनमा हाल दुई गर्भवती उपचाररत छन् । अस्पतालले सङ्क्रमण भएका सुत्केरीका लागि व्यथा लाग्दा राख्नेदेखि शल्यक्रिया गराउनेसम्म छुट्टै व्यवस्था गरेको छ । उनीहरुबाट जन्मिएको नवजात शिशु राख्न भेन्टिलेटरसहितको व्यवस्था मिलाएको छ । सङ्क्रमित जाने बाटो र राख्ने ठाउँ सिल गरेर अन्यसँग सम्पर्क...

‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’
काठमाडौँ । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन् । सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा कोरोना ठीक भइसकेकालाई पनि पुनः देखिन सक्ने भएको भन्दै आफूहरू सामाजिक अपहेलनामा परेको कोरोना विजेताहरूको दुःखेसो छ । आफूहरु मात्र नभई नजिकका छिमेकी र आफन्तले समेत अपहेलित हुनु परेको बताउँछन् कैलालीको घो...

भरतपुरको पुल्चोक–गोन्द्राङ सडक छ लेनको बन्ने

भरतपुरको पुल्चोक–गोन्द्राङ सडक छ लेनको बन्ने
चितवन । चितवनको पुल्चोकदेखि गोन्द्राङसम्मको सडकलाई छ लेनको बनाउने काम अघि बढेको छ । सडक विस्तारका लागि निर्माण कम्पनी छनोट भएको छ । सडक डिभिजन भरतपुर कार्यालयका अनुसार सबैभन्दा कम आर्थिक प्रस्तावका आधारमा सडक निर्माणको जिम्मा इण्डो सगुन जेभीले पाएको हो । सडक डिभिजन भरतपुर कार्यालयका इञ्जीनियर विजय दराईले प्राविधिक प्रस्तावबाट आर्थिक प्रस्तावका लागि छनोट भएका १६ कम्पनीमध्ये क...

सौराहाकी महिलाले जितिन् कोरोना

सौराहाकी महिलाले जितिन् कोरोना
चितवन । रत्ननगर-७, सौराहाकी एक महिलाले कोरोना जितेकी छन् । घरमै आइसोलेसनमा बसेर मुटुरोगको उपचार गराइरहेकी ७१ वर्षीय महिलाले कोरोना जितेकी हुन् । भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस [सिएमएस]मा उपचारका क्रममा उनलाई भदौ ९ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछिघरमा बस्दै आएकी उनले कोरोना जित्न सफल भएकी हुन् । भदौ २७ गते गरिएको दोस्रो कोरोना परीक्षण रिपोर्...

संयुक्त आइसोलेसनका आठ जना कोरोनामुक्त

संयुक्त आइसोलेसनका आठ जना कोरोनामुक्त
चितवन । रत्ननगर नगरपालिका वडा नं ५ टरौली संयुक्त आइसोलेसनमा रहेका आठ जना कोरोना मुक्त भएका छन् । दोस्रो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको हो । आइसोलेसनमा रहेका रत्ननगर नगरपालिकाका ४ जना, खैरहनीका २ र राप्तीका दुई जना कोरोना मुक्त भएको रत्ननगरको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए । कोरोना मुक्त भएका उनीहरुलाई १४ दिन आइसोलेसनमा उप...

कोरोनाबाट ७६ वर्षीया महिलाको निधन

कोरोनाबाट ७६ वर्षीया महिलाको निधन
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको यही भदौ २४ गते काठमाडौँस्थित मनमोहन कार्डियोभास्कुलर थोरासिक एण्ड टा्रन्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जनाएको छ । ती महिलामा मुटुसम्बन्धी समस्या थियो । भदौ २० गते अस्पताल भर्ना भएकी उनलाई भदौ २३ गते क...

चितवनका चार जनामा कोरोना पुष्टि

चितवनका चार जनामा कोरोना पुष्टि
चितवन । चितवनका चारसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका चार जनासहित सात जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा।नितु अधिकारीले जानकारी दिइन् । चितवनका संक्रमित सबै भरतपुर महानगरपालिकाका हुन् । भरतपुर अस्पताल स्वाब केन्द्रबाट स्वाब दिएका भरतपुर–२, ११, ८ र २८ का २ पुरुष र २ महिलामा संक्रमण पुष्ट...

कोरोना संक्रमणबाट विदेशमा २४३ नेपालीको मृत्यु

कोरोना संक्रमणबाट विदेशमा २४३ नेपालीको मृत्यु
काठमाडौँ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताए । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्...