चितवनमा थप ८८ जनामा कोरोना संक्रमण

चितवनमा थप ८८ जनामा कोरोना संक्रमण
चितवन । चितवनमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा बिहीबार राति गरिएको परीक्षणमा चितवनका ५७ र चितवन बाहिरका ३१ जना छन् । चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुरका मात्रै ४२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, राप्ती नगरपालिकाका नौ, रत्ननगर नगरपालिकाका तीन जना, कालिका नगरपालिकाका दुई, खैरहनी नगरपालिकाका एकरएक ज...

सिएमसीले थाल्यो प्लाज्मा थेरापीबाट कोरोनाको उपचार

सिएमसीले थाल्यो प्लाज्मा थेरापीबाट कोरोनाको उपचार
चितवन । जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई पोका ‘बि पोजेटिभ’ प्लाज्मा चढाइएको छ । बिहीबार नै केन्द्रमा सङ्क्रमणमुक्त भएका तीन ...

चितवनमा कोरोनाको उपचार प्राकृतिक चिकित्सा विधिबाट सुरु

चितवनमा कोरोनाको उपचार प्राकृतिक चिकित्सा विधिबाट सुरु
चितवन । भरतपुर महानगरपालिकाको आइसोलेसनमा प्राकृतिक चिकित्सा विधिबाट उपचार थालिएको छ । भरतपुर महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर कोरोना सङ्क्रमण भएर लक्षण नदेखिएकालाई राखेर आइसोलेसन सञ्चालनमा ल्याएको हो । गएको आइतबारबाट सुरु गरिएको आइसोलेसनमा हालसम्म ३१ जना महानगरवासी रहेका छन् । जसमा १३ जना महिला छन् । अभिभावकसँगै २ र ८ वर्षका दुई बच्च...

बिहीबार थप १२२८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२ हजार ८७७ पुग्यो

बिहीबार थप १२२८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२ हजार ८७७ पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १३ हजार ४१३ जनाको पिसिआर परीक्षणका क्रममा १२२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । जसमा १८ ...

भरतपुर अस्पतालमा एक सय शैय्याको आइसोलेसन कक्ष

भरतपुर अस्पतालमा एक सय शैय्याको आइसोलेसन कक्ष
चितवन । कोरोना सङ्क्रमणका बिरामीको उपचार गर्ने हब अस्पताल भरतपुर अस्पतालमा सङ्क्रमित राख्नका लागि सय श्ययाको आइसोलेसन बनाइएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार अस्पतालले आइसोलेसनमा सय शैय्या थप गरेको बताए । अहिले अस्पतालमा १० शैय्याको कोभिड सघन उपचार कक्षसहित ७५ शैय्याको आइसोलेसन सञ्चालनमा रहेको छ । कोरोना सङ्क्रमितलाई उपचारमा सहजताका लागि आइसोलेस...

प्रा.डा. गोविन्द केसीद्वारा सत्याग्रह स्थगित

प्रा.डा. गोविन्द केसीद्वारा सत्याग्रह स्थगित
कर्णाली । वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीले सत्याग्रह स्थगित गरेका छन् । उनले बिहीबार प्रेस विज्ञप्ति जारी गरी जुम्लामा पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै पुनः सत्याग्रह स्थगित भएको जनाएका हुन् । उनले गत साउत ३२ गते पत्रकार सम्मेलन गरी यही भदौ ११ गतेदेखि जुम्लामा अनसन बस्ने घोषणा गरेका थिए । उक्त दिनसमेत सत्याग्रह बस्ने वातावरण नमिलेपछि स्थगित...

कोरोना सङ्क्रमणबाट बुटवलमा दुई जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट बुटवलमा दुई जनाको मृत्यु
बुटवल । बुटवलमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना– ११ सालझण्डीकी ७७ वर्षीया महिला र प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ५८ वर्षीय पुरुष छन् । महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज बिहान र पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा गएराति मृत्यु भएको ती अस्पतालले जनाएको छ । उच्च ज्वरो तथा श्वासप्रश्...

भरतपुर अस्पतालमा नमुनाको चाप बढेपछि चितवन मेडिकल कलेजमा परीक्षण

भरतपुर अस्पतालमा नमुनाको चाप बढेपछि चितवन मेडिकल कलेजमा परीक्षण
चितवन । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा नमुनाको चाप बढेपछि चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाउन थालिएको छ । अस्पतालले ७७८ वटा नमुना मेडिकल कलेज पठाएको छ । कलेजले आवश्यक कीट उपलव्ध गराएमा १० हजार नमुना निः शुल्क परीक्षण गर्ने जनाएको थियो । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले भरतपुर प्रयो्गशालामा चाप बढ्दै गएर नतिजा आउन ढिलाइ भएपछि मेडि...

कोरोना संक्रमितलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा औषधी बितरण

कोरोना संक्रमितलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा औषधी बितरण
१८ भाद्र, चितवन । कोरोना संक्रमितलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा औषधी बितरण गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ४ देबौली स्थित मैदा मिलमा आईसोलेसनमा रहेका ५१ जना कोरोना संक्रमित बिरामीहरुलाई आज जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र चितवनका कविराज निरिक्षक डा. देवेन्द्रकुमार यादवले संक्रमण मुक्त हुन अपनाउनुपर्ने उपायहरु, योग एवं आयुर्बेदिक औषधीहरु तथा साबधानीहरुबारे ब...

कोरोना सङ्क्रमणबाट चितवनमा तीन जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट चितवनमा तीन जनाको मृत्यु
चितवन । चितवनमा कोरोना सङ्क्रमणबाट बिहीबार तीन जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा एक र चितवन मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको हो । भरतपुर अस्पतालले दिएको जानकारीअनुसार राप्ती नगरपालिका–९ की ३५ वर्षीया महिलाको मृत्यु भएको हो । विगत तीन महिनादेखि मिर्गौलाको समस्याका कारण डायलोसिस गराइरहेकी उनलाई भदौ १४ गते खोकी र स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पता...