भरतपुर अस्पतालको आइसोलेसनबाटै भागे एक संक्रमित

भरतपुर अस्पतालको आइसोलेसनबाटै भागे एक संक्रमित
चितवन । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष मंगलबार बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो । केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखि...

चितवनमा थपिए १७ जना संक्रमित, हालसम्म ३८५ जनामा कोरोना पुष्टि

चितवनमा थपिए १७ जना संक्रमित, हालसम्म ३८५ जनामा कोरोना पुष्टि
चितवन । चितवनमा थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै चितवनमा संक्रमितको संख्या ३८५ पुगेको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनका १५, मकवानपुरका एक र पूर्वी नवलपरासीको गैँडाकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् । संक्रमण पुष्टि हुनेमा भरतपुर मह...

रेमिट्यान्स आयमा रु चार अर्ब २४ करोडले गिरावट

रेमिट्यान्स आयमा रु चार अर्ब २४ करोडले गिरावट
काठमाडौँ । कोरोना कहरका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा विप्रेषण (रेमिट्यान्स) आयमा रु चार अर्ब २४ करोडले गिरावट आएको छ । आर्थिक वर्ष २०७५/७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई रु ८ खर्ब ७९ अर्ब २७ करोड रहेको थियो । यस्तै आर्थिक वर्ष २०७६/७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई रु आठ खर्ब ७५ अर्ब ३ करोड कायम भएको छ । आव २०७५/७६ को तुलनामा २०७६/७...

कोरोना सङ्क्रमणबाट एकै दिन आठ जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट एकै दिन आठ जनाको मृत्यु
काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट आज एकै दिन आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घन्टामा तीन महिला र पाँच जना पुरुषको सङ्क्रमणको कारणबाट मृत्यु भएको जानकारी दिए । उनका अनसार सङक्रमणबाट मृत्यु हुनेमा सुनसरीका ६५ वर्षका एक पुरुष, मोरङका ६५ वर्षका एक पुरुष, काठ...

हेटौँडामा एक साताका लागि निषेधाज्ञा थप

हेटौँडामा एक साताका लागि निषेधाज्ञा थप
हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई यही भदौ १५ गतेसम्म थप गरेको छ । यसअघि गत साउन २६ देखि भदौ ८ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने आदेश भएको थियो । जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बिहान बसेको बैठकले उक्त स्थानमा आज राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने ...

चितवनमा पर्याप्त छैनन् भेन्टिलेटर र आइसियू

चितवनमा पर्याप्त छैनन् भेन्टिलेटर र आइसियू
चितवन । चितवनमा कोभिड १९ का सङ्क्रमितको सङ्ख्या बढेसँगै आइसियू शय्या र भेन्टिलेटर अभाव हुने चिन्ता थपिएको छ । कोरोनोका गम्भीर बिरामीलाई उपचारका लागि सहज बनाउने महत्त्वपूर्ण मानिएका ती दुई महत्त्वपूर्ण उपकरण थप्नेतर्फ सम्बन्धित निकायको ध्यान अहिलेसम्म नजाँदा उपचारमा समस्या आउने जनाइएको छ । जिल्लामा सोमबारसम्म सङ्क्रमितको सङख्या ३६८ पुगेको छ भने कोरोना सङ्क्रमबाट हालसम्म तीन ज...

कोरोना सङ्क्रमित थुनुवा आइसोलेसनबाटै फरार

कोरोना सङ्क्रमित थुनुवा आइसोलेसनबाटै फरार
बाँके । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक कोरोना सङ्क्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन् । कोरोना सङ्क्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालिम केन्द्रको आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका ती थुनुवा आइतबार फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । लागूऔषध कोरेक्स मुद्दाका ती थुनुवालाई यही भदौ ५ गते...

विश्वको तुलनामा नेपालमा कोरोना निको हुने दर क्रमशः घट्दै

विश्वको तुलनामा नेपालमा कोरोना निको हुने दर क्रमशः घट्दै
काठमाडौँ । नेपाल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ । विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम रहेको छ । अहिले नेपालमा निको हुने दर ५८.३ प्रतिशत रहेको छ भने विश्वमा ६८.१ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर ९.८ प्रतिशतले...

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न मानवअधिकार आयोगको आग्रह

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न मानवअधिकार आयोगको आग्रह
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही नागरिकको जीवन रक्षा गर्ने स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्न सक्नेप्रति सचेत ह...

कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु

कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना सङ्क्रमित बिरामीको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ । कोरोना विशेष आइसोलेसन कक्षमा भेन्टिलेटरमा रहेकी रुपन्देहीकी एक ७० वर्षीया महिलालाई प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको हो । पहिलो पटक चिकित्सकबाटै रगत लिएर प्लाज्मा थेरापी सुरु गरिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । कोरोनाको औषधि तथा...