नेपालमा थप ७४३ जनामा कोरोना पुष्टि, एकै दिन आठ सहित १५७ को मृत्यु

नेपालमा थप ७४३ जनामा कोरोना पुष्टि, एकै दिन आठ सहित १५७ को मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ४० वटा प्रयोगशालामा गरिएको १० हजार २३४ जनाको पिसिआर परीक्षणका क्रममा ७४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । जसमा १३ हजा...

रक्सी खाएर छिमेकीको हत्या, दुई जना पक्राउ

रक्सी खाएर छिमेकीको हत्या, दुई जना पक्राउ
परासी । पश्चिम नवलपरासीमा मदिरा सेवन गरेर कुटपिट गरी छिमेकीको हत्या गर्ने दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । शनिबार राति मदिरा सेवन गरेर झैझगडा हुँदा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–८, पतलहवा टोल बस्ने ४१ वर्षीय अर्जुन यादवको कुटपिट तथा चिर्पट प्रहारबाट हत्या भएको पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए । झगडाका क्रममा शनिबार राति ...

चितवनमा कोरोना संक्रमितको संख्या ३६८ पुग्यो

चितवनमा कोरोना संक्रमितको संख्या ३६८ पुग्यो
चितवन । चितवनमा आइतबार राति र सोमबार बिहान गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राति भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा परीक्षण गरिएका २०९ नमुनामध्ये १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा भरतपुरका ५ जना पुरुष र ७ महिला रहेका छन् । संक्रमितहरु भरतपुर महानगरको क्वारेन्टाइन र पुरानो मेडिकल कलेजका हुन् । यस्तै, चितवन मेडिकल कलेजमा कोभिड १९ प्रयोगशालामा परीक्...

चितवनका अस्पतालहरु नै असुरक्षित

चितवनका अस्पतालहरु नै असुरक्षित
भरतपुर । चितवनमा चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण फैलन थालेपछि यहाँका अस्पतालहरु नै असुरक्षित बन्दै गएका छन् । हालसम्म जिल्लाका अस्पतालहरुमा ५० भन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालहरुमा संक्रमण फैलदै जाँदा अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका गीताञ्जली ढकालका अनुसार यसै जिल्लामा घर भई यहाँका अस्पतालहरुमा कार्यरत चिकित्सक, स्वास्...

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट छरछरेका प्रमुख थकाली थारुको सरुवा

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट छरछरेका प्रमुख थकाली थारुको सरुवा
अजित अधिकारी चितवन । माडी नगरपालिका ५ स्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट छरछरेका प्रमुख शसस्त्र प्रहरी निरीक्षक थकाली थारुको सरुवा भएको छ । उनलाई माडी नगरपालिकाले आइतबार एक संक्षिप्त कार्यक्रमका बिच संमान तथा बिदाई गरेको हो । यसैगरी उनलाई माडी ५ वडा कार्यालयले मायाको चिनो प्रदान गरेको छ । माडी क्षेत्रमा रहेर अनबरत रुपमा सुशासन र सुरक्षा सं...

चितवन घटनामा राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन : शान्ति समाज

चितवन घटनामा राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन : शान्ति समाज
चितवन । मानव अधिकार तथा शान्ति समाजले चितवन जिल्ला राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङमाथि राष्ट्रिय, अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरी अमानवीय दमन भएको ठहर गरेको छ । घटनास्थल पुगी स्थलगत रुपमा अध्ययनपछि तयार भएको प्रतिवेदन आज सार्वजनिक गर्दै शान्ति समाजले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएका चेपाङको परिवार, यातना पीडित र सरो...

दुबईमा अड्किएका २६२ नेपाली काठमाडौँ आइपुगे

दुबईमा अड्किएका २६२ नेपाली काठमाडौँ आइपुगे
काठमाडौँ । दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को वाइड बडी ए–३३० जहाजले काठमाडौँ ल्याएको हो । दुबईबाट नेपाली लिएर फर्किएको जहाज केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । निगमको जहाजले दुब...

भारतमा १६ दिनमा २० लाख थपिए सङ्क्रमित

भारतमा १६ दिनमा २० लाख थपिए सङ्क्रमित
नयाँ दिल्ली । कोरोनाभाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा पछिल्लो १६ दिनमा २० लाख सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार जति पछि भयो, सङ्क्रमितको सङ्ख्या पनि त्यति नै बढी भइरहेको देखिएको छ । भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या आइतबारसम्ममा तीस लाख नाघिसकेको छ । तीमध्ये ७४.९० प्रतिशतलाई निको भइसकेको छ । बाँकी केहीको मृत्यु भएको छ भने...

कोरोनाका कारण विश्वभरी आठ लाखको मृत्यु

कोरोनाका कारण विश्वभरी आठ लाखको मृत्यु
विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण आइतबारसम्म मृत्यु भएकाहरुको सङ्ख्या आठ लाख पुगेको छ । जोन हकिङ्स विश्वविद्यालयले शनिबार दिएको जानकारी अनुसार कोरोनासम्वन्धी समस्याका कारण मृत्यु भएका आठ लाखमध्ये सवैभन्दा धेरै अमेरिकाका रहेका छन् । अमेरिकामा आइतबारसम्म एक लाख ७५ हजार ४२९ जनाको मृत्यु भएको छ भने दोस्रो धेरै ब्राजिलमा एक लाख १३ हजार ३५८ जनाको मृत्यु भएको छ । त्यस्तै ...

बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु

बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु
बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको आज मृत्यु भएको छ । मृतक दुवै रुपन्देही जिल्लाका रहेको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनीहरुको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही समरीमाई गाउँपालिका– २ का ३८...