४७ जिल्लामा निषेधाज्ञा, स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको निर्देशन

४७ जिल्लामा निषेधाज्ञा, स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम भएको जानकारीमा आएकाले त्यस्ता गतिविधि रोक्न ७७ जिल्लालाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढ...

ट्रम्पद्वारा खोपको मानव परीक्षण ढिला गरेको भन्दै एफडिएको आलोचना

ट्रम्पद्वारा खोपको मानव परीक्षण ढिला गरेको भन्दै एफडिएको आलोचना
वासिङ्गटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समयअनुसार शनिबार कोरोनाभाइरस खोपको मानव परीक्षणलाइ सुस्त बनाउन खोजेका भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) को आलोचना गरेका छन् । “एफडिए वा यसका अधिकारीले औषधि कम्पनीहरूले खोप र उपचारको मानव परीक्षण प्रक्रियालाई धेरै जटिल बनाइरहेका छन्,” ट्रम्पले भने । उनले ट्वीट गर्दै भने, “स्पष्ट छ, तिनीहरू नोभेम्बर ३ स...

नेपालमा थप ८१८ जनामा कोरोना पुष्टि, एकै दिन तीनसहित १४९ को मृत्यु

नेपालमा थप ८१८ जनामा कोरोना पुष्टि, एकै दिन तीनसहित १४९ को मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ४० वटा प्रयोगशालामा गरिएको ८ हजार २६ जनाको पिसिआर परीक्षणका क्रममा ८१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । जसमा १३ हजार ...

सीपीएलमा सन्दीप सन्दीप लामिछानेको उत्कृष्ट बलिङ

सीपीएलमा सन्दीप सन्दीप लामिछानेको उत्कृष्ट बलिङ
काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिए । उनले निकै किफायती बलिङ गरे । यद्यपि सन्दीपको टोली जमैका तलावाज भने गसयानासित १४ रनले हार्न पुग्यो । सन्दीपले चार ओभर बलिङ गर्दै आठ रनमात्र खर्चिए । उनले शेरफेन रदरफ...

निषेधाज्ञा पालना गराउँदै वडाध्यक्ष अधिकारी

निषेधाज्ञा पालना गराउँदै वडाध्यक्ष अधिकारी
भरतपुर चितवन । बिहान ८ बजेतिर भरतपुर महानगरपालिका–११ को जागृति चोकमा वडाध्यक्ष बाबुराम अधिकारी निषेधाज्ञा पालना गर्न आग्रह गर्दै सवारी साधन रोक्दै थिए । सँगै रहेका प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै जरिवाना रसिद काटिरहेका थिए । आफैँले भोट दिएर जिताएका वडाध्यक्षले जरिवाना गर्न लगाएकोमा केहीको चित्त दुखाइरहेका थिए । वरपर बसेर हेर्नेहरुले भने वडाध्यक्षको तारिफ गरिरहेका थ...

विश्वभर २ करोड ३३ लाख ८२ हजार बढी संक्रमित, ८ लाख ८ हजार ७०१ जनाको मृत्यु

विश्वभर २ करोड ३३ लाख ८२ हजार बढी संक्रमित, ८ लाख ८ हजार ७०१ जनाको मृत्यु
जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ३३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आइतबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड ३३ लाख ८२ हजार ८१७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर आठ लाख ८ हजार ७०१ जनाको मृत्यु भएको पनि सो संगठनले जनाएको छ । आइतबारसम्म विश्वभरमा एक करोड ५९ लाख ९ हजार ६९६ जना व्यक्ति क...

चितवनमा कोरोना संक्रमितको संख्या ३३७ पुग्यो, पाँच जनाको मृत्यु

चितवनमा कोरोना संक्रमितको संख्या ३३७ पुग्यो, पाँच जनाको मृत्यु
चितवन । चितवन जिल्लामा कोरोना संक्रमितको संख्या ३३७ पुगेको छ । शनिबार भरतपुर अस्पतालको कोभिड १९ ल्याबको परीक्षणमा थप २० र चितवन मेडिकल कलेजको ल्याबको परीक्षणमा चार जना संक्रमित थप भएसँगै जिल्लामा संक्रमितको संख्या ३३७ पुगेको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार शनिबार पुरोना मेडिकल कलेजमा बिहीबार र शनिबार मकवानपुरका एक महिला र एक पुरुषको मृत्यु भएकोमा ...

भरतपुरमा चार दिनदेखि उठ्न सकेन फोहोर

भरतपुरमा चार दिनदेखि उठ्न सकेन फोहोर
–कृष्ण आचार्य चितवन । भरतपुर महानगरपालिकाको फोहोर फाल्न स्थानीयवासीले अवरोध गरेका छन् । नारायणी नदीकिनारस्थित नगरवन क्षेत्रमा फोहोर फाल्न भरतपुर–३ का स्थानीयवासीले अवरोध गरेका हुन् । उनीहरुको अवरोधपछि चार दिनदेखि फोहोर उठ्न सकेको छैन । महानगरले नगरवन क्षेत्रबाट नारायणी नदीकिनारमा फोहोर फाल्दै आएको छ । नारायणीमा फोहोर फाल्दा प्रदूषण बढेको भन्दै चौतर्फी विरोध हुँदै आएको छ तर ...

निषेधाज्ञा उल्लंघन गर्ने २५ सय बढी कारबाहीमा

निषेधाज्ञा उल्लंघन गर्ने २५ सय बढी कारबाहीमा
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको पहिलो चरणको निषेधाज्ञा उल्लंघन गर्ने २५ सय ६३ जनालाई प्रहरीले कारबाही गरेको छ । जिल्लामा कोरोनाको संक्रमण समुदायस्तरमा फैलने जोखिम बढेपछि प्रशासनले साउन ३१ गतेदेखि भदौ ५ गते मध्यरातसम्म पहिलो चरणको निषेधाज्ञा जारी गरेको थियो । यस अवधिमा ४७८ महिला र दुई हजार ८५ पुरूष गरी जम्मा २५ सय ६३ जनाले निषेधाज्ञा उल्लंघन गरी स्वास...

दलदलमा फसेर गैंडा मर्‍यो

दलदलमा फसेर गैंडा मर्‍यो
चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदी छेउको घोलको दलदलमा फसेर एउटा गैंडा मरेको छ । राप्तीको जोतुवा घाट नजिकै राप्तीदुन सामुदायीक वनको घोलको दलदलमा फसेर आज एउटा गैंडा मृत अबस्थामा फेला परेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी ७ वर्षको पोथी गैंडा मृत अवस्थामा फेला परेको हो । चालु आर्थिक वर्षमा प्राकृतिक कारणले...