भानुमा २३ जना समुदायका व्यक्तिमा कोरोना

भानुमा २३ जना समुदायका व्यक्तिमा कोरोना
दमौली । तनहुँको भानु नगरपालिकामा दुई जना समुदायका थप व्यक्तिमा कोरोना पुष्टि भएको छ । भानु नगरपालिका–२ का ३० र भानु नगरपालिका–४ का ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमध्ये एक जना जनप्रतिनिधि र अर्का निर्माण व्यवसायी रहेको बुझिएको छ । भानु नगरपालिका–१ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङबाट १२२ जनाको स्वाब परीक्षण ...

प्रशासनको निषेधाज्ञापछि भरतपुरको जनजीवन ठप्प

प्रशासनको निषेधाज्ञापछि भरतपुरको जनजीवन ठप्प
चितवन । भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राति १२ बजेबाट निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । उद्योग, कलकारखाना, बजार, यातायात न्यून मात्र चलेका छन् । अत्यावश्यक बाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी एक सूचनामा भदौ ५ ग...

विदेशमा अलपत्र नेपालीको लागि भदौ १ गतेदेखि उद्धार उडान हुने

विदेशमा अलपत्र नेपालीको लागि भदौ १ गतेदेखि उद्धार उडान हुने
काठमाडौँ । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आगामी भदौ १ गते अर्थात् अगस्त १७ तारेखदेखि उद्धार उडान गरिने भएको छ । नेपालका दुई नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान गर्नेछन् । नेपाल एयरलाइन्सले १७ देखि ३१ अगष्टसम्म उद्धार उडान गर्नेछ भने हिमालय एय...

भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल

भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल
चितवन । भरतपुर अस्पतालको आकस्मिक कक्ष बन्द (सिल) गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्सलाई कोरोना सङ्क्रमण पुष्टि भए पछि आकस्मिक कक्ष सिल गरिएको हो । अस्पतालद्वारा जारी सूचनामा अर्को जानकारी नगराइएसम्मका लागि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको जनाइएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा अस्पतालको सोही कक्षमा कार्यरत २५ वर्षीया नर्सम...

न्यायालयको अनियमितता रोक्न समिति गठन

न्यायालयको अनियमितता रोक्न समिति गठन
काठमाडौँ । सर्वोच्च अदालतले न्यायपालिकामा हुन सक्ने विकृति, विसङ्गति, अनियमितता, भ्रष्टाचार एवं विचौलिया प्रवृत्ति रोक्नका लागि न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिका सदस्यमा न्याय परिषद्, महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका प्रतिनिधि रहने छन् । न्यायपालिकाभित्र भ्रष्टाचार मौलाउँदै गएको र नियन्त...

भरतपुरमा भदौ ५ गतेसम्म निषेधाज्ञा जारी

भरतपुरमा भदौ ५ गतेसम्म निषेधाज्ञा जारी
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकामा आज राति १२ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा आज जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम महानगरपालिकाको सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी ...

पहिरामा परेर एकै दिन १७ जनाको मृत्यु, २८ बेपत्ता

पहिरामा परेर एकै दिन १७ जनाको मृत्यु, २८ बेपत्ता
काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर आज एकै दिन १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् । सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको छ । त्यसगाउँमा मात्रै १० जनाको मृत्यु भएको र अन्य २८ जना बेपत्ता रहेका गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी ओस्तीले जानकारी दिए । बेपत्ता भएकाको खोजी जारी ...

नेपालमा थपिए ५९४ संक्रमित, थप चारसहित ९९ जनाको मृत्यु

नेपालमा थपिए ५९४ संक्रमित, थप चारसहित ९९ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ५९४ जनामा कोरोना पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको ११ हजार ५७५ जनाको पिसिआर परीक्षणका क्रममा ५९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । जसमा ८३७५ जना...

जयमंगलाका कोरोना संक्रमितको अवस्था गम्भीर, वडा नं. १३ सिल, कन्ट्रयाक ट्रेसिङ गरिदै

जयमंगलाका कोरोना संक्रमितको अवस्था गम्भीर, वडा नं. १३ सिल, कन्ट्रयाक ट्रेसिङ गरिदै
महेश पाण्डे ३० श्रावण, चितवन । जयमंगलाका कोरोना पोजेटिभ देखिएका एक संक्रमितको अवस्था गम्भीर रहेको बताइएको छ । बिहिबार भरतपुर अस्पतालको कोभिड ल्याबमा गरिएको परिक्षणको क्रममा रत्ननगर–१३, जयमंगला प्रगति टोलमा बस्ने ६३ बर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । आफ्नै घरबाट बिरामी भएर पटक पटक स्वास्थ्य परिक्षणको लागि भरतपुर अस्पताल गएका उनको बिहिबार कोरोना परिक्षण गर्दा कोरो...

काेराेना संक्रमितको संख्या बढेसँगै भरतपुरमा शनिबारदेखि निषेधाज्ञा जारी

काेराेना संक्रमितको संख्या बढेसँगै भरतपुरमा शनिबारदेखि  निषेधाज्ञा जारी
भरतपुर । काेराेना संक्रमितको संख्या बढेसँगै भरतपुरमा शनिबारदेखि लागुहुनेगरि निषेधाज्ञा जारी गरिएकाे छ । आज (शुक्रबार) भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरूङ, चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ, यातायात व्यवसायीलगायत सरोकारवाला निकायका प्रमुखहरूबीच भरतपुर महानगरपालिकामा भएको छलफलबाट महानगरभि...