सौराहाका बैंक तथा वित्तीय संस्था बन्द

सौराहाका बैंक तथा वित्तीय संस्था बन्द
चितवन । सौराहामा रहेका बैंक, वित्तीय संस्था तथा अन्य सामाजिक संघसंस्था बन्द गरिएको छ । रत्ननगर नगरपालिकाले कोरोना संक्रमण समुदायस्तरमा फैलिन नदिन बैंक, वित्तीय संस्था तथा अन्य सामाजिक संघसंस्था बन्द गरेको हो । सौराहामा रहेको प्रभु बैंकको शाखा कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि बैंक, वित्तीय संस्था तथा संघसंस्था बन्द गर्ने निर्णय गरिएको मेयर नारायण वनले ...

रत्ननगर अस्पतालमा आकस्मिकबाहेक बन्द

रत्ननगर अस्पतालमा आकस्मिकबाहेक बन्द
चितवन । बकुलहर रत्ननगर अस्पतालको सेवा आंशिक रुपमा बन्द गरिएको छ । अस्पतालमा कार्यरत एक जना डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक, सुत्केरी तथा डाइलासिस सेवाबाहेक अन्य सेवा बन्द गरिएको हो । अस्पताल सञ्चालन समितिको बिहीबार सम्पन्न बैंठकले कोरोना भाइसर नियन्त्रणको लागि अस्पतालबाट दिने उल्लेखित तीनवटा सेवाबाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको रत्ननगरका मेयर...

रुसले बनाएको कोरोनाको औषधि अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने

रुसले बनाएको कोरोनाको औषधि अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने
मनिला । कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको औषधिको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ । चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिए । परीक्षणका लागि रुसले सहयोग गर्ने पनि उनले बताए । फिलिपिन्सका हजारौँ बिरामीलाई रुसले बनाएको औषधि प्रयोग गरिने भएको छ । तेस्रो च...

भारतमा एकै दिन ६७ हजार बढीमा कोरोना सङ्क्रमण

भारतमा एकै दिन ६७ हजार बढीमा कोरोना सङ्क्रमण
नयाँ दिल्ली । कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या भारतमा एकै दिन ६७ हजार ६६ जना थप भएको छ । भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ६७ हजार नयाँ सङ्क्रमित भेटिएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा कम्तीमा ९५० जनाको कोरोनाकै कारण मृत्यु भएको पनि जनाएको छ । योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको...

बलात्कारीलाई साढे सात वर्ष कैद

बलात्कारीलाई साढे सात वर्ष कैद
तनहुँ । जबर्जस्ती करणी मुद्दामा जिल्ला कारागार तनहुँको थुनामा रहेका एक अभियुक्तलाई जिल्ला अदालतले साढे सात वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको आजको इजलासले घिरिङ गाउँपालिका–५ बस्ने प्रेमबहादुर रानालाई सात वर्ष ६ महिना कैदको सजाय सुनाएको हो । साथै, पीडित महिलालाई पीडकबाट रु ५० हजार क्षतिपूर्ति तिराउने फैसला भएको अदालतका निमित्त स्रेस्तेदार जीवन प...

आजदेखि बुटवलमा लकडाउन !

आजदेखि बुटवलमा लकडाउन !
बुटवल । बुटवल उपमहानगर क्षेत्रभित्र आजदेखि बन्दाबन्दी गरिने भएको छ । बुटवल उपमहानगरको बैठकले आगामी भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो । सो निर्णय राति ११ः४५ बजेदेखि भदौ ५ गते ११ः४५ बजेसम्म लागू हुने प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए । सोअनुसार बुटवलभित्रका खाद्यान्न पसल बिहान ७ देखि ११ बजेसम्म मात्रै खुल्न पाउनेछन् । दूध उद्योग बिहान ७ देखि ...

चितवनमा बिहीबार थपिए १२ जना संक्रमित

चितवनमा बिहीबार थपिए १२ जना संक्रमित
चितवन । चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार १३० जनाको नमुना परीक्षण गरिएकोमा चितवनका १२ जना कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भरतपुर महानगर वडा नं. २, ४, ७ र १० का नौ जना छन् । जसमध्ये २५ वर्षीया एक महिला रहेकी छन् । आठ पुरूषमा २३, ३०, २९, २०, ३२, ३५, २३ र २८ वर्षका छन् । यसैगरी राप्ती नगरपालिका–९ की ३७ वर्षीया एक महिला, रत्ननगर नगरपालिका–१३, जयमंगलाका ...

नेपालमा थपिए ५२५ संक्रमित, थप चारसहित ९५ जनाको मृत्यु

नेपालमा थपिए ५२५ संक्रमित, थप चारसहित ९५ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ५२५ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ९ हजार ८५९ जनाको पिसिआर परीक्षणका क्रममा ५२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । जसमा ८०२५ जना स...

चितवनमा काेराेना पाेजेटिभकाे संख्या बढ्दाे, बिहीबार मात्रै १२ जना थपिए

चितवनमा काेराेना पाेजेटिभकाे संख्या बढ्दाे, बिहीबार मात्रै  १२ जना थपिए
२९ श्रावण, चितवन । चितवनमा काेराेना पाेजेटिभकाे संख्या बढ्दाे अवस्थामा रहेकाे देखिएकाे छ । पछिल्ला दिनहरुमा भरतपुर अस्पतालकाे काेभिड ल्याबमा परिक्षण गरिएका स्वाबहरुमा काेराेना पाेजेटिभकाे संख्या थपिएकाे पाइएकाे छ । एसकाे अर्थ चितवनमा सर्वसाधारणहरु अझ सजग हुनुपर्ने अवस्था आएकाे बुझिन्छ । बिहिबारमात्र भरतपुर अस्पतालकाे काेभिड ल्याबमा परिक्षण गरिएकाे १३० नमुना मध्ये १६ वटा नमुन...

रत्ननगरमा काेराेना देखिएसंगै दुई वडाका संघसंस्था र अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

रत्ननगरमा काेराेना देखिएसंगै दुई वडाका संघसंस्था र अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
महेश पाण्डे २९ श्रावण, चितवन । रत्ननगरमा काेराेना देखिएसंगै दुई वडाका संघसंस्था र रत्ननगर बकुलहर अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन् । बुधबार रत्ननगर अस्पतालका चिकित्सक र प्रभु बैंककाे साैराहा शाखामा कार्यरत कर्मचारीमा काेराेना पुष्टि भएकाे थियाे । काेराेना पुष्टि भएसंगै आज (बिहीबार) नै रत्ननगर नगरपालिकाले सुचना जारी गरि रत्ननगर वडा नं. ६ र ७ मा संञ्चालित बैंक,...