शनिबार राति करिब ९ बजेतिर अमिशा थापा खाना लिन भान्छातिर जाँदै थिइन् । उनकी हजुरआमा र माइजू बाहिरै पिंढीमा बसिरहेका थिए । आर्थिक अवस्था निकै कमजोर भएकाले मामाघरमै बसेर कक्षा ४ मा पढ्ने अमिसालाई चितुवाले एक्कासि आक्रमण गर्छ । घटना हो तनहुँ जिल्लाको आबु खैरेनी गाउँपालिका वडा नं १ समस्तीपुरको । ८ वर्षीया अमिशा चितुवाको आक्रमणबाट घाइते भएकी छन् । उनीको चितवनमा उपचार भइरहेको छ । मामाघर बसेर पढ्ने अमिशाको बाबा बेपत्ता छन् भने आर्थिक अभावका कारण आमा पनि भारतमा मजदुरी गर्न गएकी छन् । हेर्नुहोस् घटनास्थलबाट स्थलगत भिडियो रिपोर्ट ।