निर्मला हत्या प्रकरण : प्रहरी उपरीक्षकसहित आठ प्रहरीलाई सफाइ

निर्मला हत्या प्रकरण : प्रहरी उपरीक्षकसहित आठ प्रहरीलाई सफाइ
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातना मुद्दा खेपेका प्रहरी उपरीक्षकसहित आठ जना प्रहरीले बिहीबार सफाइ पाएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायधीश गोपालप्रसाद बाँस्तोलाको एकल इजलासले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट (हाल बर्...

नेपालमा थपिए २७४ संक्रमित, थप तीनसहित ५२ जनाको मृत्यु

नेपालमा थपिए २७४ संक्रमित, थप तीनसहित ५२ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २७४ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ६३०४ जनाको पिसिआर परीक्षणका क्रममा २७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ । जसमा ५२२७ जना संक्रमि...

चार महिनापछि सञ्चालनमा आउँदै छन् होटल रेष्टुराँ

चार महिनापछि सञ्चालनमा आउँदै छन् होटल रेष्टुराँ
काठमाडौँ । बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय बिहीबारदेखि सञ्चालनमा आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गतेबाट बन्दाबन्दी अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो । पर्यटकीय यामलाई समेत मध्यनजर गरी ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय सञ्चालनमा आउने भएका...

सौराहाका होटल छूटसहित चार महिनापछि सञ्चालनमा

सौराहाका होटल छूटसहित चार महिनापछि सञ्चालनमा
चितवन । सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छूट प्याकेजसहित सञ्चालनमा आएछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छूट प्याकेजको घोषणासहित करिब चारमहिनापछि सञ्चालनमा ल्याएका हुन् । क्षेत्रीय होटल संघ सौराहाले एक सूचना जारी गर्दै सरकारले दिएको निर्देशन र नियम पालना गरेर होटल व्यवसाय सञ्चालन गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरेको थियो । व्यवसायी सोही सूचनाअनुरुप ह...

बाढी बस्तीमा पस्यो, चार बेपत्ता

बाढी बस्तीमा पस्यो, चार बेपत्ता
गोदावरी । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । वर्षाका कारण जिल्लाका पूर्वी क्षेत्रका धेरैजसो भूभाग जलमग्न भएको छ । अविरल वर्षाका कारण जिल्लाका विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा परेका छन् भने चार जना बेपत्ता भएका छन् । जिल्लाको भजनी नगरपालिकाका फरक÷फरक ठाउँमा चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्र...

कुरिन्टारमा खसेको पहिरो पन्छाएपछि एकतर्फी सवारी सञ्चालन

कुरिन्टारमा खसेको पहिरो पन्छाएपछि एकतर्फी सवारी सञ्चालन
चितवन । पृथ्वीराजमार्गअन्तर्गत पर्ने इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण बिहीबार बिहान ८ः५५ बजेको समयमा पहिरो खस्दा दुईतर्फी बाटो नै अवरुद्ध भएको थियो । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो हटाएर मुग्लिन नौबिसे सडक बिहान १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चि...

त्रिशूलीमा खस्यो मालबाहक कन्टेनर

त्रिशूलीमा खस्यो मालबाहक कन्टेनर
चितवन । विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर बिहीबार बिहान ८ः२५ बजे बेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो । ट्रकका चालक भने...

कोरोनाको खोप बाँदरमा परीक्षण, सकारात्मक नतिजा प्राप्त

कोरोनाको खोप बाँदरमा परीक्षण, सकारात्मक नतिजा प्राप्त
वासिङ्टन । अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोभिड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ । खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोना भाइरसका विषाणु थप वृद्धि नभएको न्यू इङल्यान्ड मेडिसिन जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ । खोपका कारण नाकमा कोरोना भाइरस बढ्न रोकिनुको अर्थ नाक हुँदै शरीरका भित्री भागमा कोरोना भाइर...

अमेरिकामा एकैदिन १५९२ को मृत्यु, संक्रमितको संख्या ४५ लाख नाघ्यो

अमेरिकामा एकैदिन १५९२ को मृत्यु, संक्रमितको संख्या ४५ लाख नाघ्यो
वासिङटन । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घन्टामा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यालयले पुष्टि गरेको छ । गत २४ घन्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिनायताकै सबैभन्दा उच्च भएको सो विश्वविद्यालयले जनाएको छ । अमेरिकामा एकै दिनमा ६४ हजार ७२९ कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका बाल्टिमोर आबद्ध ...

भारतमा १५ लाख ५८ हजार बढी संक्रमित, ३४ हजार ४८४ को मृत्यु

भारतमा १५ लाख ५८ हजार बढी संक्रमित, ३४ हजार ४८४ को मृत्यु
नयाँ दिल्ली । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख ५८ हजार नाघेको छ । गत २४ घन्टामा भारतका ४९ हजार ६३२ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ५८ हजार ६३२ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । भारतमा गत २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार ४८४ जना पुगेको छ । ...