कोरोना संक्रमणबाट विश्वभर छ लाख ६४ हजार ८८५ को मृत्यु

कोरोना संक्रमणबाट विश्वभर छ लाख ६४ हजार ८८५ को मृत्यु
जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ६४ हजार ८८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार जानकारी दिएको छ । सो संगठनका अनुसार बुधबारसम्म विश्वभर एक करोड ६९ लाख ७० हजार ५८४ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये हालसम्म एक करोड ५ लाख ९ हजार ३६८ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५७ लाख ९६ हजार ३३१ व्यक्ति कोरोना...

पहिरामा पुरिएर आमाछोरीको मृत्यु

पहिरामा पुरिएर आमाछोरीको मृत्यु
दमौली । दाङमा पहिराले पुरिएर आमाछोरीको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिका–५ साकिने भन्ने स्थानमा आज बिहान करीब ३ः०० बजे घरमाथि बाट खसेको पहिराले घर पुरिँदा उनीहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए । घरमाथि बाट खसेको पहिराले पुर्दा साकिनेकी २४ वर्षीया बाटुली नेपाली र उहाँकी दुई वर्षीया छोरी आयुष्माको मृत्यु भएको गाउँपालिका अध्यक्ष वलीले पुष्टि ...

नेपालमा २१० सहित १९ हजार २७३ जनामा कोरोना पुष्टि, १४ हजार बढी डिस्चार्ज

नेपालमा २१० सहित १९ हजार २७३ जनामा कोरोना पुष्टि, १४ हजार बढी डिस्चार्ज
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २१० जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा २१० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । जसमा ५२०३ जना संक्रमित उपचाररत छन...

तीन सय १६ ग्राहक कालोसूचीमा

तीन सय १६ ग्राहक कालोसूचीमा
चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्षमा ३१६ ग्राहकलाई कालोसूचीमा राखी कारवाही गरेको छ । लामो समयसम्म बक्यौता नतिर्ने ग्राहकलाई कालोसूचीमा राखिएको हो । लाइन काटेको छ महिनासम्म पनि बक्यौता नतिर्ने ग्राहकलाई कालोसूचीमा राखिएको केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख सुरेशकुमार महतोका अनुसार कालोसूचीमा पछिल्लो चरणमा परेका ४६ जनाबाट रु १६ लाख २३ ह...

गत आर्थिक वर्षमा तीन बाघ मरे

गत आर्थिक वर्षमा तीन बाघ मरे
चितवन । गत आर्थिक वर्षमा प्राकृतिक कारणले तीनवटा बाघ मरेका छन् । अघिल्लो आवमा आठवटा बाघ मरेका थिए । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार निकुञ्जको पश्चिम क्षेत्रको नवलपरासीस्थित वेदघारी मध्यवर्ती सामुदायिक वनमा एउटा वयस्क भाले बाघ मृत फेला परेको थियो । त्यसैगरी, ठोरी र कसरामा एक–एकवटा पोथी वयस्क बाघ मृत फेला परेका हुन् । कसरामा उद्धारका क्र...

नेपालमा ३८२ सुरक्षाकर्मीमा कोरोना संक्रमण

नेपालमा ३८२ सुरक्षाकर्मीमा कोरोना संक्रमण
काठमाडौँ । मुलुकमा बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै छ । आर्थिक गतिविधि चलायमान भएसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमणको जोखिम बढाउँछ । आमनागरिकसँगै सुरक्षाकर्मीमा देखिएको पछिल्लो सङ्क्रमणले समेत जोखिम बढेको महसुस गर्न सकिन्छ । यो अवस्थामा भौतिक दूरी कायम गर्ने, मास्क र स्यानेटाइजरको प्रयोग गर्ने, पटकपटक साबुनपानीले हात धुने र भीडभाडमा नजाने गर्दा सङ्क्रमणबाट ज...

लकडाउन खुलेसँगै सङ्क्रमणको दर बढ्यो

लकडाउन खुलेसँगै सङ्क्रमणको दर बढ्यो
काठमाडौँ । लकडाउन खुलेसँगै कोभिड–१९ सङ्क्रमणको दर बढेको पाइएको छ । लकडाउन खोल्नुअघिको आठ दिन र लकडाउन खुलेपछिको आठ दिनपछि परीक्षण र सङ्क्रमितको सङ्ख्या हेर्दा कोरोनाको सङ्क्रमण दर बढेको पाइएको हो । लकडाउन खुल्नअघिको आठ दिनको अवधिमा कूल ३४ हजार ४५७ नमूना परीक्षण गर्दा एक हजार ४९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै लकडाउन खुलेको पछिल्ला आठ दिनमा ३४ हजार १०९ नमूना परीक्षण ...

अब चार हजार ५०० मै कोरोना परीक्षण, पाँच घन्टाभित्र ‘रिपोर्ट’

अब चार हजार ५०० मै कोरोना परीक्षण, पाँच घन्टाभित्र ‘रिपोर्ट’
काठमाडौँ । सरकारले शुल्क लिएर कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्न अनुमति दिएसँगै विध म्यानेजमेन्टद्वारा सञ्चालित कोभिड–१९ प्रयोगशालाले कोरोना भाइरस परीक्षण गर्ने तयारी गरेको छ । सरकारबाट अनुमति पाएसँगै उक्त प्रयोगशालाले बिहीबारदेखि औपचारिक रुपमा कोरोनाको परीक्षण थाल्ने सञ्चालक विके भण्डारीले जानकारी दिए । ललितपुरको कुपण्डोलमा रहेको उक्त ल्याबले दैनिक चार हजारभन्दा बढी नमून...

ऋतु गिरीको अध्यक्षतामा नगरस्तरीय सहकारी सञ्जाल गठन

ऋतु गिरीको अध्यक्षतामा नगरस्तरीय सहकारी सञ्जाल गठन
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा नगरस्तरीय सहकारी सञ्जाल गठन गरिएको छ । रत्ननगर नगरपालिका सहकारी शाखाले आयोजना गरेको भेलाले ऋतु गिरीको अध्यक्षतामा सहकारी सञ्जालको समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा ओमलाल सापकोटा, सचिवमा राजेन्द्र न्यौपाने, कोषाध्यक्षमा हरिभक्त घिमिरे र सदस्यहरुमा शिवकान्त पौडेल, पार्वती न्यौपाने, सीता रेग्मी, सानुमाया थापा, फूलकुमारी लामा, क...

ओम शान्ति आधारभूत विद्यालयको क्वारेन्टाइन खाली गरिँदै

ओम शान्ति आधारभूत विद्यालयको क्वारेन्टाइन खाली गरिँदै
चितवन । रत्ननगर नगरपालिकाले साउन १५ गतेभित्र विद्यालयमा सञ्चालित पब्लिक क्वारेन्टाइन खाली गर्ने भएको छ । सोहीअनुरुप क्वारेन्टाइन खाली गर्ने प्रक्रिया सुरू भइसकेको नगरपालिकाले जनाएको छ । दुईवटा विद्यालयको यसअघि नै क्वारेन्टाइन खाली भइसकेको छ भने बुधबार ओम शान्ति आधारभूत विद्यालयमा रहेको महिला क्वारेन्टाइन खाली गराइँदै छ । सो नगरपालिकाले भारतसहित तेस्रो मुलुकबाट आउने आफ्ना नाग...