रत्ननगरका दुई पसलमा चोरी

रत्ननगरका दुई पसलमा चोरी
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १ बकुलहर चोकमा रहेका दुई पसलमा बुधबार राति चोरी भएको छ । इलाका प्रहरी कार्यालयबाट करिब १०० मिटरका दुरीमा रहेको एउटा किराना पसल र अर्को कम्प्युटर पसलमा चोरी भएको हो । बकुलहर चोकमा रहेको बाग्लुङकाली किराना पसल र कम्प्युटर एण्ड ल्यापटपमा हाउसमा सटर फोरेर चोरी भएको नेपालीको आवाजका पत्रकार विपीन शर्मा आचार्यले जानकारी दिए । किर...

थप दुईसहित कोरोना संक्रमितको संख्या २४५ पुग्यो

थप दुईसहित कोरोना संक्रमितको संख्या २४५ पुग्यो
काठमाडौँ । नेपालमा थप पाँच जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै स्रक्रमितको जम्मा संख्या २४५ पुगेको छ । सर्लाही, धनुषा र महोत्तरीमा थप दुईजना कोरोना संक्रमित फेला परेका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ । सर्लाही धान्कौली, धनुषा जनकपुर र महोत्तरीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीले दिएको जानकार...

दुई जनामा सङ्क्रमण देखिएपछि भक्तपुरमा घरबाहिर निस्कन निषेध

दुई जनामा सङ्क्रमण देखिएपछि भक्तपुरमा घरबाहिर निस्कन निषेध
भक्तपुर । सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा कोभिड १९ सङ्क्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आज प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । प्रजिअ पाण...

जोखिमका बीच रक्तदान कार्यक्रम आयोजना नगर्न आग्रह

जोखिमका बीच रक्तदान कार्यक्रम आयोजना नगर्न आग्रह
चितवन । अनेरास्ववियु जिल्ला कमिटी चितवनले यही जेठ १ गते जनआदर्श बहुमुखी क्याम्पस वीरेन्द्रनगरमा गर्ने भनिएको रक्तदान कार्यक्रम नगर्न नगराउन साविक अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियु क्याम्पस कमिटीले क्याम्पस प्रशासनलाई अनुरोध गरेको छ । साविक अनेरास्ववियु (क्रान्तिकारी)का क्याम्पस कमिटी अध्यक्ष जयराम गोतामे र साविक अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष जयराम बाँस्कोटा...

बुधबार थपिए २६ जना कोरोनाका बिरामी, संक्रमितको संख्या २४३ पुग्यो

बुधबार थपिए २६ जना कोरोनाका बिरामी, संक्रमितको संख्या २४३ पुग्यो
काठमाडौँ । नेपालमा बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार बेलुकी ७ः५० बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । ...

भारतमा कोरोना संक्रमित ७४ हजार नाघे

भारतमा कोरोना संक्रमित ७४ हजार नाघे
नयाँदिल्ली । भारतमा बुधबार मध्यान्हसम्ममा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ७४ हजार ४८० पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घन्टामा भारतभर तीन हजार ५२४ जना नयाँ संक्रमित भेटिएका छन् । कुल संक्रमितमध्ये २४ हजार ४५३ जना निको भएर घर फर्किएका वा डिस्चार्ज भएका छन् भने ४७ हजार ६१२ जनाको उपचार भइरहेको छ । कोभिड–१९ बाट विगत २४ घन्टा...

नेपाल–भारत सीमा क्षेत्रमा तारबार लगाउन माग

नेपाल–भारत सीमा क्षेत्रमा तारबार लगाउन माग
काठमाडौँ । भारतले पटक–पटक नेपालको सीमा अतिक्रमण गरी दुःख दिएको र नेपालको सावैभौमसत्तामाथि नै प्रश्न खडा हुनेगरी गतिविधि गरेको भन्दै सांसदहरुले तत्काल दुई देशबीचको सीमा व्यवस्थापन गर्ने गरी तारबार लगाउन माग गरेका छन् । कोरोनाको सङ्क्रमण फैलन नदिन लकडाउन जारी रहेको बेला पछिल्लोपटक नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गरेको र नेपालको अस्मितामाथि नै हमला गरेकाले सीमा क्षेत्रमा...

कोभिड-१९ : विश्वभर १६ लाख मानिस निको भई घर फर्किए

कोभिड-१९ : विश्वभर १६ लाख मानिस निको भई घर फर्किए
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या बुधबार अपरान्हसम्म ४३ लाख ४२ हजार ८४७ पुगेको छ । जसमध्ये १६ लाख २ हजार ७१२ जना निको भएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसका १६ लाख ४२ हजार ८४७ संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा प...

कोरोना अपडेटः विश्वभर २ लाख ९२ हजार ८९३ को मृत्यु

कोरोना अपडेटः विश्वभर २ लाख ९२ हजार ८९३ को मृत्यु
काठमाडौँ । कोरोना भाइरसका कारण विश्वभर २ लाख ८२ हजार ८९३ व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ४२ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुत्रबार मध्यान्हसम्ममा ५ हजार ३२० जनाको मृत्यु भएको छ भने ८५ हजार ३१२ नयाँ संक्रमित थपिएका छन् । प्राप्त समाचारअनुसार विश्वभर ४६ हजार ३४० मानिसको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त ज...

कोभिड-१९: विश्वभर ४३ लाख ३९ हजार संक्रमित, दुई लाख ९२ हजार बढीको मृत्यु

कोभिड-१९: विश्वभर ४३ लाख ३९ हजार संक्रमित, दुई लाख ९२ हजार बढीको मृत्यु
काठमाडौँ । विश्वभर प्रकोपको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्‍याएको कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर ४३ लाख ३९ हजार ७९८ मानिस संक्रमित भएका छन् । जसमध्ये १६ लाख २ हजार ६२ निको भई घर फर्किएका छन् । विश्वका २१२ भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड १९ बाट हालसम्म दुई लाख ९२ हजार ८०७ मानिसको ज्यान गएको छ । अझै २४ लाख ४४ हजार ९२९ जना बिरामीले विभिन्न अस्पता...