अमेरिकामा कोरोनाभाइरसबाट पन्ध्र नेपालीको मृत्यु

अमेरिकामा कोरोनाभाइरसबाट पन्ध्र नेपालीको मृत्यु
–मधुकर अधिकारी वासिङ्टन डिसी । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मंगलबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उनी अस्पतालमा भर्ना भएका थिए । उनीसमेत गरी अमेरिकामा मृत्यु हुने नेपालीको सङ्ख्या १५ पुगेको छ । तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनिय...

थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८ पुग्यो

थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८ पुग्यो
काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या ५८ पुगेको छ । वीरगन्जका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बासुदेव पाण्डेले जानकारी दिए। यसअघि बुधबार नै एकैदिन तीन जना व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भए...

नेपालमै कोरोनाको औषधि बनाइएको जिकिर

नेपालमै कोरोनाको औषधि बनाइएको जिकिर
हेटौँडा । कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडीबुटीको सम्मिश्रणबाट त्यस्तो औषधिको निर्माण गरेको दाबी गरेका हुन् । भारतको बनारस हिन्दू विश्वविद्यालयबाट फा...

नेपालमा थप तीनसहित ५७ जनामा कोरोना भाइरस पुष्टि

नेपालमा थप तीनसहित ५७ जनामा कोरोना भाइरस पुष्टि
वीरगञ्ज । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ५७ पुगेको छ । बुधबार एकैदिन तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणका क्रममा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेहरुमा जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय एक पुरुष, सिम्रौनगढका ३...

लकडाउन कार्यान्वयनमा प्रहरीको थप सक्रियता

लकडाउन कार्यान्वयनमा प्रहरीको थप सक्रियता
काठमाडौँ । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न नेपाल प्रहरीले मुलुकभर थप सक्रियता बढाएको छ । सरकारले जारी गरेको लकडाउनलाई पूर्ण कार्यान्वयनका लागि प्रहरीले गाउँगाउँसम्म सक्रियता बढाएको हो । गृहको निर्देशनअनुसार पछिल्लो समयमा प्रहरीले लकडाउनलाई थप कडाइसमेत गरेको छ । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले लकडाउनका बेला व्यक्तिलाई घरबाट बाहिर निस्कन नदिन र पास...

तेस्रो परीक्षण नतिजा पनि पोजेटिभ

तेस्रो परीक्षण नतिजा पनि पोजेटिभ
चितवन । चितवनकी कोरोना भाइरस सङ्क्रमित एक महिलाको तेस्रोपटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ । वैशाख १५ गते स्वाब संकलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पुनः पोजेटिभ नै आएको हो । ती महिला हाल भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् । उनमा वैशाख ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनका २७ वर्षीय छोरा भने निको भइसकेका छन् । आम...

लायन्स क्लब अफ चितवन युथको अध्यक्षमा शाक्य

लायन्स क्लब अफ चितवन युथको अध्यक्षमा शाक्य
चितवन । लायन्स क्लब अफ चितवन युथको अध्यक्षमा युवा उद्यमी, व्यवसायी एवं लोकमान एण्ड सन्सका सञ्चालक निलेनमान शाक्य चयन भएका छन् । क्लबको मंगलबार सम्पन्न १३औँ अधिवेशनले शाक्यलाई सर्वसम्मतरुपमा अध्यक्षमा चयन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा अस्मिन घिमिरे, द्वितीय उपाध्यक्षमा कमलबहादुर पौडेल, तृतीय उपाध्यक्षमा विक्रम सापकोटा चयन भएका छन् । यस्तै, क्लबको सचिवमा शोभाकर अधि...

सीमा सुरक्षा गर्न म्यादी प्रहरी

सीमा सुरक्षा गर्न म्यादी प्रहरी
चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५० म्यादी प्रहरी छनोट गरी परिचालन गर्ने भएको छ । नेपाल भारत सीमामा पर्ने उक्त गाउँपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले सीमा सुरक्षा गर्न म्यादी प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाभित्र बसोबास गर्ने नागरिकमध्येबाट छनोट गरी लकडाउन अवधिभर सीमा क्षेत्रको रेखदेख गर्ने जिम्मा दिइने गाउँपालिकाका अध्यक्ष गोपाल थ...

थप दुई जनामा सङ्क्रमण, सङ्क्रमित ५४ पुगे

थप दुई जनामा सङ्क्रमण, सङ्क्रमित ५४ पुगे
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । आज थप दुईजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ भने पूर्णरुपमा स्वस्थ्य भएर १६ जना घर फर्किएका छन् । अहिले ३९ ज...

कोरोना अस्थायी अस्पतालमा अख्तियारको छापा

कोरोना अस्थायी अस्पतालमा अख्तियारको छापा
चितवन । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाले छापा मारेको छ । अस्पतालका कर्मचारीले नै सामान ओसार्दै गरेको भिडियो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि अख्तियारले आज छापा मारेको हो । दिउँसो १ बजे अस्पताल प्रवेश गरेर अख्तियारको टोलीले अस्पताल र भरतपुर महानगरपालिकाका कर्मचारीलाई सोधपुछ गरेर आवश्यक अनुसन्धानका लागि काग...