चोरी प्रकरणमा दोषीलाई कारबाही गर्न नेविसंघ चितवनको प्रदर्शन

चोरी प्रकरणमा दोषीलाई कारबाही गर्न नेविसंघ चितवनको प्रदर्शन
चितवन । भरतपुर कोरोना उपचार विशेष अस्थायी अस्पतालमा भएको चोरी प्रकरणमा संलग्न कर्मचारीहरुलाई निलम्बन गरी तत्काल छानबिन गर्न माग गर्दै नेपाल विद्यार्थी संघले चितवनको चौबिसकोठीमा विरोध प्रदर्शन गरेको छ । चोरी प्रकरण र अस्पतालमा भएको आर्थिक अनियमितताको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै नेविसंघले बिहीबार चौबिसकोठीमा प्रदर्शन गरेको नेविसंघ चितवनका अध्यक्ष सूर्य ढकालले जान...

पत्रकारलाई धम्की दिएकोप्रति महासंघको ध्यानाकर्षण

पत्रकारलाई धम्की दिएकोप्रति महासंघको ध्यानाकर्षण
चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले समाचारका विषयलाई लिएर पत्रकारमाथि धम्की दिइएको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आज जारी गरेको विज्ञप्तिमा अनलाइन खबर डटकमका समाचारदाता सुवास पण्डितलाई समाचार लेखेकै कारण धम्की दिइएको जनाइएको छ ।चितवनमा रहेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट स्वास्थ्य सामग्री शंकास्पदरूपमा बाहिरिएको र अस्पतालको खर्च प्रक्रियाम...

उच्च सतर्कता अपनाउँदै कोरोना सङ्क्रमित क्षेत्र ‘सिल’

उच्च सतर्कता अपनाउँदै कोरोना सङ्क्रमित क्षेत्र ‘सिल’
बारा । प्रदेश नं २ मा आज थप तीन जनामा कोरोना सङ्क्रमित पुष्टि भएपछि सो क्षेत्रमा उच्च सतर्कता बढाउँदै ‘सिल’ गरिएको छ । बाराको सिमरौनगढ नगरपालिका–४ घर भई हाल जितपुर सिमरा–१९ स्थितको मस्जिदमा बस्दै आएका ३१ वर्षीय एक जना र वडा नं ७ मा बस्दै आएका अर्का एक युवक गरी ती दुई युवक बसेको क्षेत्रलाई सिल गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फ...

सरकारको कर्तव्य सम्झाउने विपक्षीको धर्म : वरिष्ठ नेता पौडेल

सरकारको कर्तव्य सम्झाउने विपक्षीको धर्म : वरिष्ठ नेता पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएका समस्याको प्रभावकारी समाधानका लागि सरकारलाई कर्तव्य सम्झाउने काम विपक्षीको धर्म भएको बताएका छन् । मुलुकभर लकडाउन लागू भएपछि आज पहिलोपटक बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै उनले अहिले सरकारको कर्तव्य जसरी हुन्छ कोरोना रोकथामका उपायको खोजी गर्ने, स्वास्थ्यकर्मीक...

कोरियाको गोदामघरमा आगलागी हुँदा कम्तीमा २५ को मृत्यु

कोरियाको गोदामघरमा आगलागी हुँदा कम्तीमा २५ को मृत्यु
सियोल । दक्षिण कोरियाको गेओन्गी प्रान्तमा निर्माणाधिन साइटमा रहेको एउटा गोदामघरमा आगलागी हुँदा कम्तीमा २५ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ । स्थानीय समयानुसार मंगलबार राति १ः३२ सो आगलागी शुरु भएको थियो । राजधानी सोलबाट करिब ८० किलोमिटर दक्षिणपूर्वमा अवस्थित निर्माण साइटमा रहेको गोदामको बेसमेन्ट फ्लोरबाट सो आगलागी शुरु भएको बताइएको छ । आ...

कोरोनाबाट बच्ने अन्धविश्वासले विषाक्त रक्सी खाँदा ७२८ जनाको मृत्यु

कोरोनाबाट बच्ने अन्धविश्वासले विषाक्त रक्सी खाँदा ७२८ जनाको मृत्यु
तेहरान । विषाक्त मादक पदार्थ सेवन गर्दा इरानमा मृत्यु हुनेको संख्या ७२८ भन्दा बढी पुगेको छ । रक्सी सेवन गर्दा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्यधिक रक्सी सेवन गरेकाहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार विषाक्त रक्सी सेवनका कारण कुल ७२८ जनाको मृत्यु भएको हो । गत फेब्रुअरी २० देखि अप्रिल ७ सम्ममा उन...

बेलायतका प्रधानमन्त्रीलाई पुत्रलाभ

बेलायतका प्रधानमन्त्रीलाई पुत्रलाभ
लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्रलाभ भएको छ । उनकी श्रीमती क्यारी साइमण्डस्ले बुधबार छोरा जन्माएको जानकारी दिइएको छ । प्रधानमन्त्री जोनसनका प्रवक्ताले बुधबार सो कुराको जानकारी दिएको बेलायती सञ्चारमाध्यमलहरुले जानकारी दिएका छन् । बुधबार बिहान लन्डन अस्पतालमा प्रधानमन्त्रीलाई पुत्र जन्मिएको प्रवक्ताले जानकारी दिए । उनले आमा र शिशुको स्वास्थ्य अवस्था राम्रो...

भारतको केरलामा मास्क नलगाउनेलाई पाँच हजार रुपैयाँ जरिवाना

भारतको केरलामा मास्क नलगाउनेलाई पाँच हजार रुपैयाँ जरिवाना
केरला । भारतको केरला राज्यमा अवस्थित वयानाद प्रहरीले मास्क नलगाई सार्वजनिकस्थलमा हिँड्ने कुनै पनि व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना गरिने जनाएको छ । केरलाको वयानाद प्रहरी प्रमुखले बुधबार सो जानकारी दिएका हुन् । केरला प्रहरी ऐनमा भएको व्यवस्थाअनुसार मास्क नलगाउने सबै नागरिकलाई यो कानुनबमोजिम जरिवाना गराइने जानकारी दिएका हुन् । त्यसैगरी यस कानुनबाट सर्वसाधारण नागरिकमात्र नभएर ...

लायन्स क्लब अफ चितवन पर्साको अध्यक्षमा उप्रेती चयन

लायन्स क्लब अफ चितवन पर्साको अध्यक्षमा उप्रेती चयन
चितवन । लायन्स क्लब अफ चितवन पर्साको अध्यक्षमा धर्मराज उप्रेती चयन भएका छन् । आज भएको क्लबको चौंथो अधिवेशनबाट वर्ष २०२०/२१ का लागि नयाँ समिति चयन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा कबिर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा विकास अर्याल, तृतीय उपाध्यक्षमा अमृत अर्याल, सचिवमा राजु चौधरी र कोषाध्यक्षमा सुदन गिरी चयन भएका छन् । हाल विश्वभर फैलिएको कोरोना भाइरसको कारणले गर्दा लकडाउनक...

सर्जिकल पसललाई कारबाही

सर्जिकल पसललाई कारबाही
काठमाडौँ । दर्ताविना सर्जिकल पसल सञ्चालन गरेको र बढी मूल्यमा मास्क र थर्मल गन बिक्री गरेको कसूरमा बुधबार आज एक सर्जिकल पसललाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको इमाडोलस्थित काठमाडौँ ट्रेडिङ प्रालिलाई सोवापत रु दुई लाख जरिवाना गरेको हो । सामाजिक सञ्जालमा मास्कलगायत सर्जिकल सामग्रीको बढी मूल्य राखेको गुनासाका आधारमा अनुगमन गर्दा बढी मूल्...