मानवअधिकार अवस्थाको अनुगमन

मानवअधिकार अवस्थाको अनुगमन
काठमाडौँ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीका समयमा मानवअधिकारको अवस्थाका बारेमा अनुगमन सुरु गरिएको छ । नेपाल पत्रकार महासंघ काठमाडौँ अध्यक्ष शन्तराम बिडारी, काठमाडौँ जिल्ला वार एशोसिएशनका अध्यक्ष जगदीश घिमिरे र गैह्रसरकारी संस्था महासंघ काठमाडौँका अध्यक्ष प्रदीप डङ्गोल रहेको अनुगमन समिति गठन गरी राष्ट्रिय मानवअधिकार आयोगले दिएको कार्यादेशबमोजिम काठमाडौँ जिल्ल...

मौसम सफा हुन अझै केही दिन लाग्ने

मौसम सफा हुन अझै केही दिन लाग्ने
काठमाडौँ । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायु र स्थानीय वायु पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडी–अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मेघगर्जनसहित वर्षा भइरहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । उनक...

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सुनुवाइ सुरु

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सुनुवाइ सुरु
काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि केही समय स्थगन गरेको नयाँ रिट निवेदन दर्ता र सुनुवाइ प्रक्रिया आजदेखि सुरु गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार अदालतले आजदेखि नयाँ रिट निवेदन दर्ता र सुनुवाइ सुरु गरेको हो । सर्वोच्च अदालतको यही वैशाख १४ गते प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको पूर्ण बैठकले आजदेखि रिट निवेदन दर्त...

लागुऔषधसहित पक्राउ

लागुऔषधसहित पक्राउ
नवलपरासी । ब्राउन सुगर र अन्य लागूऔषधको कारोवारमा संलग्न एक जनालाई पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी भुजहवाबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित सरावल गाउँपालिका, भुजहवा नाकाबाट पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–३ कुस्माका ३४ वर्षीया शेषकुमार उपाध्यायलाई पक्राउ गरेको हो । सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ लागूऔषध ल्याइँद...

गुणस्तरहीन चामल बिक्री गर्ने व्यवसायीविरुद्ध मुद्दा दायर

गुणस्तरहीन चामल बिक्री गर्ने व्यवसायीविरुद्ध मुद्दा दायर
नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)स्थित रामग्राम नगरपालिकालाई न्यून गुणस्तरीय चामल बिक्री गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । राजेश राइस मिल रामग्राम ६ पोखरापाली र मिल सञ्चालक पटवारी बनियाँविरुद्ध सोमबार जिल्ला अदालत परासीमा मुद्दा दायर गरिएको खाद्य प्रविधि कार्यालयले जनाएको छ । गत चैत २८ गते नगरपालिका...

साइको बोलको र्‍याप गीत सार्वजनिक (भिडियोसहित)

साइको बोलको र्‍याप गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौँ । विद्यार्थीहरुको एक समूहले पहिलोपटक ‘साईको’ बोलको र्‍याप गीत तथा म्युजिक भिडियो तयार गरेका छन् । सुर्खेतको वीरेन्द्रनगर ८, खजुराका ४ विद्यार्थीले करिब एक साताको मिहेनतमा पहिलो सांगीतिक कोशेलीको भिडियो तयार पारेका हुन् । सुगन मल्ल ठकुरीको स्वर रहेको गीतको म्युजिक भिडियोमा उनैलाई फिचरिङ्ग गराइएको छ । विप्लव मल्लले खिचेको म्युजिक भिडियोमा विप्लवसँगै सगुन, सौरभ ...

कोभिड–१९ : भारतमा २९ हजार ४५१ संक्रमित, ९३९ जनाको ज्यान गयो

कोभिड–१९ : भारतमा २९ हजार ४५१ संक्रमित, ९३९ जनाको ज्यान गयो
नयाँ दिल्ली । भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या २९ हजार ४५१ पुगेको मंगलबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ५६१ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । मंगलबार बिहान ११ः ३० बजेको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरूको संख्या २९ हजार ४५१ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्...

लकडाउन र घरेलु हिंसा

लकडाउन र घरेलु हिंसा
परिचयः सन् २०१९ को डिसेम्बर अन्ततिर चीनको उहान प्रान्तवाट सुरु भएको नोबल कोरोना भाइरस (कोभिड १९)को संक्रमण अहिले विश्वभर फैलिई महामारीको रुप लिएको छ । मानव जगतलाई त्राहिमाम बनाएको यस महामारीवाट बच्ने एकमात्र उपायका रुपमा विश्व स्वास्थ संगठनले स्वीकार गरेको पद्धति लकडाउनको अवस्थामा अहिले प्रायः विश्व नै रहेको छ । यसैअनुरुप नेपाल सरकारले पनि २०७६ चैत्र ११ देखि २०७७ वैैशाख २५ गते...

लायन्स क्लब अफ रत्ननगर शान्तिचोकमा शिवाकोटी निर्वाचित

लायन्स क्लब अफ रत्ननगर शान्तिचोकमा शिवाकोटी निर्वाचित
चितवन । लायन्स क्लब अफ रत्ननगर शान्तिचोकको आज भएको अधिवेशनबाट शान्तिचोकको नयाँ अध्यक्षमा राजु शिवाकोटी निर्वाचित भएका छन् । नेपाल सरकारले जारी गरेको लकडाउनलाई मध्यनजर गर्दै अनलाइनबाट क्लबको पाँचौँ साधारण सभाबाट वर्ष २०२०-२१ का लागि शिवाकोटी अध्यक्ष निर्वाचित भएका हुन् । शिवाकोटी विभिन्न संघसंगठन आबद्ध छन् । उनको पहलमा धेरै सामाजिक कामहरु भएका छन् । उनले आफ्नो कार्यकालमा क...

पत्रकार गिरफ्तारको घटनाप्रति सर्वत्र विरोध

पत्रकार गिरफ्तारको घटनाप्रति सर्वत्र विरोध
चितवन । चितवनका दुईजना पत्रकारलाई सोमबार बिहान प्रहरीले रिपोर्टिङस्थलबाट गिरफ्तार गरेको भन्दै मानवधिकारवादी संघसंस्थाले गम्भीर ध्यानाकर्षण जनाएका छन्। कोरोना भाइरसको जोखिममा सबैभन्दा अग्रभागमा रहेर स्वास्थ्यकर्मीले काम गरिरहेको अवस्थामा त्यसपछिको जोखिममा रहेर सुरक्षाकर्मी र पत्रकारले काम गरिरहेको खण्डमा सबै मिलेर जोखिम न्यूनीकरण गर्नुपर्ने समयमा पत्रकारमाथि दमन गरेको भन्दै म...