चितवनमा २५० जनाको नमुना परीक्षणमा सबैको रिपोर्ट ‘नेगेटिभ’
चितवन । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालबाट बुधबारसम्म ३८४ जनाले सेवा लिएका छन् । जसमध्ये १७४ जना अस्पताल भर्ना भएका थिए ।
गत चैत ७ गतेदेखि कोरोनाको आशंका गरिएका बिरामीको लागि भनेर स्थापना गरिएको कोरोना अस्थायी अस्पतालबाट १६९ जनाको नमुना परीक्षण गर्दा हालसम्म कसैको पनि रिपोर्टमा कोरोनाको संक्रमण देखिएको छैन ।
कोरोना अस्पतालका सदस्य सूर्य तिवारीका अनुसार को...







