कोभिड १९ : विश्वभर १९ लाख २५ हजार संक्रमित, एक लाख १९ हजार बढीको मृत्यु

कोभिड १९ : विश्वभर १९ लाख २५ हजार संक्रमित, एक लाख १९ हजार बढीको मृत्यु
काठमाडौँ । चीनको वुहान सहरबाट उत्पत्ति भई विश्वभरका मानिसलाई त्रास र सन्नाटाको स्थितिमा धकेलेको प्राणघातक कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट मंगलबार बिहानसम्म ११० देशका १९ लाख २५ हजार १७९ मानिस संक्रमित भएका छन् । जसमा ४ लाख ४७ हजार ८८३ जना निको भएका छन् भने १३ लाख ५७ हजार ६४५ जना बिरामीको विभिन्न देशका अस्पतालमा उपचार जारी छ । जसमध्ये ५१ हजार ७६४ जनाको स्थिति जटिल छ । ...

नयाँ वर्ष सुरु भयो, भेटिएन भित्तेपात्रो

नयाँ वर्ष सुरु भयो, भेटिएन भित्तेपात्रो
काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच नयाँ वर्ष २०७७ सुरु हुँदा धेरै नेपालीका घरमा भित्तेपात्रो उपलब्ध हुन सकेन । पात्रो (पञ्चाङ्ग) माघ पहिलो साता नै बजारमा आइसके पनि बन्दाबन्दी सुरु हुनुअघि भित्तेपात्रो बजारमा यथेष्ट मात्रा आइसकेको थिएन । बजारमा आउन लागेका भित्तेपात्रोलाई पनि कोरोनाको त्रासले प्रभाव पारेको थियो । चीनको वुहानमा पुसमै सुरु ...

लकडाउनको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा

लकडाउनको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौलारोगीलगायतका बिरामीलाई अस्पताल आउनजान निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै घन्टा सेवा दिनेछन् । त्यसका लागि एम्बुलेन्स सेवालाई कामपाले आर्थिक सहयोग गर्नेछ । लकडाउनको समयमा हृदयाघात, मिर्गौलारोगीलगायतका महानगरवासीलाई आकस्मिक सेवाका लागि आफ्नो निवास...

कोरोना संक्रमणबाट फेरि एक पूर्व गोरखा सैनिकको निधन

कोरोना संक्रमणबाट फेरि एक पूर्व गोरखा सैनिकको निधन
लण्डन । यो हप्ता बेलायतमा प्रायः दिनको एक जना नेपालीको ज्यान कोरोनाले लिएको छ । सोमबार फेरि एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । लण्डन सहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार बिहान ७ बजे निधन भएको हो । उपचारका क्रममा रेडिङको अस्पतालमा मृत्यु भएको समाजसेवी कमल गुरुङले बताएका छन् । गत दुई सातादेखि अस्पतालमा राखिएका ...

दक्षिण कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने

दक्षिण कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने
सोउल । दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम मन्त्रालयका अनुसार अप्रिल १४ देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर भिसा अवधि सकिनेका लागि कोरोना माहामारीको समस्याका कारण स्वदेश फर्कन नसकेका नेपालसहित अन्य १५ मुलुकका प्रवासी कामदारलाई ५० दिनको भिसा थप हुने भएको हो । इपिए...

कोभिड–१९ को रोकथाम, सुरक्षा र सहयोग बढाउँदै नेपाल रेडक्रस

कोभिड–१९ को रोकथाम, सुरक्षा र सहयोग बढाउँदै नेपाल रेडक्रस
चितवन । कोभिड–१९ (कोरोना भाइरस) रोकथाम र प्रतिकार्यको लागि नेपाल रेडक्रसले आपतकालीन सेवालाई सजगताका साथ तीव्रता दिएको छ । सोसाइटीका सबै निकाय एवं शाखाहरुले सामुदायिक परिचालन र क्वारेन्टाइनमा सहयोग गरेका छन् । बेलका नगरपालिका, उदयपुरमा स्थापित क्वारेन्टाइनमा नेपाल रेडक्रसको सहयोगनेपाल रेडक्रसका उपमहामन्त्री हरिप्रसाद न्यौपानेका अनुसार देशभरिका क्वारेन्टाइन क्षेत्रमा संस्थाबाट...

कोरोनाबाट ज्यान गुमाएकाको स्मृतिमा रत्ननगरमा मैनबत्ती प्रज्ज्वलन

कोरोनाबाट ज्यान गुमाएकाको स्मृतिमा रत्ननगरमा मैनबत्ती प्रज्ज्वलन
चितवन । रत्नननगर १० स्थित साई स्वर्णिम टोलमा नयाँ वर्षको उपलक्ष्यमा विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट प्रभावित तथा ज्यान गुमाएकाको सम्झनामा मैनबत्ती प्रज्ज्वलन गरिएको छ । टोलका उपाध्यक्ष शिव न्यौपानेले महामारीको यो विषम परिस्थितिमा भौतिकरुपमा सामाजिक दूरी कायम गरी भावनात्मक एकता राख्दै सारा नेपाली एक भई परिस्थितिको सामना गर्नुपर्ने विचार व्इक्त गर्दै मैनबत्ती ब...

कोभिड–१९ः विश्वभर १८ लाख ७३ हजार बिरामी, एक लाख १६ हजार बढीको मृत्यु

कोभिड–१९ः विश्वभर १८ लाख ७३ हजार बिरामी, एक लाख १६ हजार बढीको मृत्यु
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नामक प्राणघातक भाइरस सङ्क्रमणबाट विश्वभरि १८ लाख ७३ हजार व्यक्ति सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि एक लाख १६ हजार ३९ को मृत्यु भएको छ । यसैबीच, यस रोगबाट ४ लाख ३४ हजार ८५५ जना भने निको भएका छन् । आइतबार रातिसम्मको यो तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो । कुल २१० देश र आसपासका कुल...

लकडाउन उल्लंघन गर्ने ११५ सवारी कारबाहीमा

लकडाउन उल्लंघन गर्ने ११५ सवारी कारबाहीमा
चितवन । नयाँ वर्षको पहिलो दिन अर्थात् आज सोमबार चितवनमा लकडाउन उल्लंघन गर्ने ३५ व्यक्ति र ११५ सवारी साधनलाई होल्ड कारबाही गरिएको छ । आज २१औँ दिनको लकडाउन उल्लंघन गर्ने ३२ पुरुष र ३ महिलासहित ८० मोटरसाइकल, १७ स्कुटर, २ कार र १६ साइकललाई नियन्त्रणमा लिएर होल्ड कारबाही गरिएको प्रहरीले जनाएको छ । होल्ड गराएपश्चात उनीहरुलाई सम्झाइबुझाइ गरी लकडाउन उल्लंघन नगर्ने सर्तमा छाडिएको ...

लकडाउनमा मोटरसाइकल चलाउन नपाइने

लकडाउनमा मोटरसाइकल चलाउन नपाइने
हेटौँडा । मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनपछि बाग्मती प्रदेशमा लकडाउन कडा बनाइने भएको छ । भोलिदेखि प्रदेश राजधानी हेटौँडामा लकडाउन अवधिभर मोटरसाइकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ । किनमेलको समयलाई बिहान ६ देखि ९ बजेसम्म ३ घन्टा कायम गरिएको छ । बाग्मती प्रदेश मकवानपुरसँग जोडिएका प्रदेश २ का जिल्ला पर्सा र रौतहटमा समेत कोरोना भाइरसको सङ्क्रमित फेला परिसक...