नेपालमा तीन भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज । वीरगञ्जमा भारतबाट आएका तीन नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
कोरोना भाइरसको विश्वभरको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले पनि थप तीज जनामा संक्रमण भएको जनाएको छ । यद्यपि, स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गर्न बाँकी छ ।
वीरगञ्जबाट नमुना संकलन गरी ह...








