रत्ननगर १ मा २३६ परिवारलाई राहत वितरण सुरु

रत्ननगर १ मा २३६ परिवारलाई राहत वितरण सुरु
चितवन । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी खाने गरिब तथा विपन्न परिवारका लागि रत्ननगर १ मा राहत वितरण सुरु गरिएको छ । विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोग एवम् वडा कार्यालयकै बजेटबाट राहत वितरण गरिएको वडाध्यक्ष शंकरसिंह तामाङले बताए । बुधबार दिउँसोदेखि वडा कार्यालय भवनबाटै राहत वितरण सुरु गरि...

फेसबुक लाइभबाट अस्पतालको वार्षिकोत्सव

फेसबुक लाइभबाट अस्पतालको वार्षिकोत्सव
चितवन । भरतपुर अस्पतालको ५७औँ वार्षिकोत्सव अस्पतालको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमार्फत मनाइएको छ । सङ्घीय अस्पतालको मान्यतासहित विकास समितिले समेत पूर्णता पाएको अवस्थामा विगतको भन्दा विशेष कार्यक्रम गर्ने तयारी गरिएको भए पनि कोरोना सङ्क्रमणका कारण फरक ढङ्गले वार्षिकोत्सव मनाइएको हो । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले अस्पताललाई मेडिकल कलेजका रुपमा विका...

परीक्षण र उपचारमा प्राथमिकता दिन आग्रह

परीक्षण र उपचारमा प्राथमिकता दिन आग्रह
काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले प्राथमिकताका साथ कोरोना भाइरस सङ्क्रमणको परीक्षण र उपचार गर्न सरकारलाई आग्रह गरेको छ । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको स्मृतिमा स्थापित फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले विज्ञप्ति जारी गरी विश्वव्यापीरूपमा फैलँदै गएको भाइरस नेपालमा फैलन नदिन कोरोना परीक्षण र उपचारको दायरा बढाउन आग्रह गरेका हुन् ।...

सेवा प्रवाह नगर्ने एम्बुलेन्स नियन्त्रणमा

सेवा प्रवाह नगर्ने एम्बुलेन्स नियन्त्रणमा
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सेवा प्रवाहमा आनाकानी गर्ने दुईवटा एम्बुलेन्स नियन्त्रणमा लिई कारबाही गरेको छ । पोखरामा सञ्चालित मेट्रो सिटी र फेवा सिटी अस्पतालका ग१च ५४९२ र ग१च २७१४ नम्बरका एम्बुलेन्स सेवाग्राहीले बोलाउँदा विभिन्न बहाना गरी सेवा दिन आनाकानी गरेकोले चालकसमेतलाई नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्...

कोरोना महामारी : विश्वभर ८२ हजारको मृत्यु, अमेरिकामा एकै दिन १९७० जनाले ज्यान गुमाए

कोरोना महामारी : विश्वभर ८२ हजारको मृत्यु, अमेरिकामा एकै दिन १९७० जनाले ज्यान गुमाए
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण बुधबार बिहानसम्म विश्वभर २०९ देशका १४ लाख ३१ हजार ७८३ मानिस बिरामी भएका छन् । जसमा मृत्यु हुनेको संख्या ८२ हजार ८३ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कुल संक्रमितमध्ये १० लाख ४७ हजार ५५१ को उपचार जारी छ भने तीन लाख २ हजार १५० जना निको भई घर फिरेका छन् । उपचाररत संक्रमि...

जिल्ला विपद् व्यवस्थापन समितिको कोरोना नियन्त्रणसम्बन्धी ११ बुँदे निर्णय

जिल्ला विपद् व्यवस्थापन समितिको कोरोना नियन्त्रणसम्बन्धी ११ बुँदे निर्णय
चितवन । जिल्ला विपद् व्यवस्थापन समिति चितवनको मंगलबार बसेको बैठकले कोरोना भाइरस नियन्त्रणसम्बन्धी विभिन्न निर्णय गरेको छ । १) कोभिड १९ को रोकथाम नियन्त्रणका लागि नेपाल सरकारको निर्णयअनुसार हाल संचालनमा रहको आवागमन नियन्त्रण (लकडाउन) कार्यको कार्यान्वयन अवस्थाको बारेमा जिल्लाभित्रको वस्तुस्थिति समीक्षा गरिएको छ । आवागमन नियन्त्रण कार्यक्रम समग्रमा सन्तोषजनक रहेको निष्कर्ष निक...

नेपाल र नेपालीलाई जोगाउन सरकारलाई हरसम्भव ढङ्गले सघाउँर्छाैँ : कांग्रेस

नेपाल र नेपालीलाई जोगाउन सरकारलाई हरसम्भव ढङ्गले सघाउँर्छाैँ : कांग्रेस
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान संकटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव ढङ्गले सघाउने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीका पदाधिकारी, प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक र राष्ट्रियसभाका प्रतिपक्षी नेतासमेत सहभागी आजको बैठकले कोरोना भाइरसको जोखिम सामना गर्न हालसम्म गरिएका तयारीको समीक्षा गरेको छ । ...

कोभिड–१९ को उपचारमा संलग्नको मृत्यु भएमा रु ५० लाख दिने

कोभिड–१९ को उपचारमा संलग्नको मृत्यु भएमा रु ५० लाख दिने
विराटनगर । प्रदेश नं १ को सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको मृत्यु भएमा रु ५० लाख दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा सं...

दुई हजार एम्बुलेन्स तयारी अवस्थामा राखिँदै

दुई हजार एम्बुलेन्स तयारी अवस्थामा राखिँदै
काठमाडौँ । सरकारले कोभिड–१९ रोगको रोकथाम र जोखिम नियन्त्रणका सन्दर्भमा मुलुकभरका एक हजार ९३९ एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय र एम्बुलेन्स सञ्चालक संस्थामार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागि उक्त सङ्ख्यामा एम्बुलेन्स तयारी अवस्थामा रहने गरी व्यवस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले ...

चितवनमा लकडाउन उल्लंघन गर्ने चार व्यक्तिसहित ६२ सवारी कारबाहीमा

चितवनमा लकडाउन उल्लंघन गर्ने चार व्यक्तिसहित ६२ सवारी कारबाहीमा
चितवन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ६२ सवारीलाई चितवन प्रहरीले जिल्लाका विभिन्न स्थानमा कारबाही गरेको छ । आज लकडाउनको १५औँ दिन उनीहरुलाई नियन्त्रणमा लिएर होल्ड कारबाही गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार ४८ मोटरसाइकल, १२ स्कुटर र एक÷एक वटा म्याजिक र कारलाई कारबाही गर...