लकडाउनमा माडीका किसानहरु गहुँ काट्ने चटारोमा
अजित अधिकारी
चितवन । सरकारले कोभिड १९ अर्थात कोरोना भाइरस महामारीबाट बच्न लकडाउन लागू गर्दै आइरहेको समयमा यतिबेला किसानहरु भने गहुँ काट्ने चटारोमा व्यस्त छन् ।
लकडाउनको समयमा आफ्नो बारीमा रहेको गहुँ पाकेपछि बिस्तारै खेतमा सुकिराखेको गहुँ काट्न र भित्र्याउन व्यस्त भएका हुन् ।
सरकारले लकडाउनको बेला घरमा नै बस्न आग्रह गरिरहेको समयमा वर्षभरि खाने खेती गहुँ घरभित्र भित्र्या...









