घरघरमा ग्यास पुर्‍याउँदै बागमती सरकार

घरघरमा ग्यास पुर्‍याउँदै बागमती सरकार
हेटौँडा । बाग्मती प्रदेशको राजधानी हेटौँडामा खाना पकाउने ग्यासको समस्या समाधान भएको छ । ग्यास उद्योगले आधा ग्यास सिलिन्डर बिक्रीवितरण सुरु गरेपछि ग्यासको अभाव हुने समस्या हटेको बताइएको छ । नेपाल आयल निगमको निर्देशनमा प्रत्येक आधा सिलिन्डर ग्यास भरेरमात्र वितरण गरिएपछि हेटौँडा बजारलगायत अन्य बजार क्षेत्रमा पनि ग्यासको समस्या हटेको छ । ग्यास बिक्रेताले ठेलामा राखेर घरघरैमा ग्य...

बढी मूल्यमा पेट्रोल बेच्ने पक्राउ

बढी मूल्यमा पेट्रोल बेच्ने पक्राउ
मेलम्ची । बजार मूल्यभन्दा बढी रकम लिई पेट्रोल बिक्री गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्युल सेन्टरका कर्मचारी कपिलवस्तु विजयनगर गाउँपालिका–५ का महेशकुमार चौधरी रहेका छन् । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा बजार मूल्यभन्दा बढी प्रतिलिटर १...

कोरोना प्रकोप : विश्वभर ५९ हजार बढीको मृत्यु, अमेरिकामा एकै दिन १३२१ जनाले ज्यान गुमाए

कोरोना प्रकोप : विश्वभर ५९ हजार बढीको मृत्यु, अमेरिकामा एकै दिन १३२१ जनाले ज्यान गुमाए
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को प्रकोपका कारण विश्वभर २०५ देशका मानिस प्रभावित भएका छन् । यस महामारीबाट शनिबार बिहानसम्म मृत्यु हुनेको संख्या ५९ हजार १५१ पुगेको छ । संसारभर १० लाख ९८ हजार ६ जना संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ८ लाख १० हजार ४६० को उपचार जारी छ भने २ लाख २८ हजार ४०५ जना निको भएका छन् । ३९ हजार ४३९ को अवस्था जटिल रहेको...

शनिबारदेखि चितवनमा कोरोना भाइरसको परीक्षण हुने

शनिबारदेखि चितवनमा कोरोना भाइरसको परीक्षण हुने
चितवन । राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा २४ घन्टाभित्र कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला (पिसिआर ल्याब) सञ्चालनमा आउने गरी काम सुरु गरिएको छ । शनिबार बिहानबाट परीक्षण थाल्ने गरी काम अघि बढाइएको हो । स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली बुधबार यहाँ आएर बिहीबार दिनभर स्थानको अध्ययनमा खटिएको थियो । सो प्रयोगशाला, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको दुईवट...

लकडाउन उल्लंघन गर्ने ४९ जना लाई ‘होल्ड’ कारबाही

लकडाउन उल्लंघन गर्ने ४९ जना लाई ‘होल्ड’ कारबाही
चितवन । कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिम न्यूनीकरण गर्ने र रोकथाम गर्ने उद्देश्यले सरकारले घोषणा गरेको लकडाउनको ११औँ दिन शुक्रबार चितवनमा ४९ जना होल्ड कारबाहीमा परेका छन् । शुक्रबार लकडाउन उल्लंघन गर्ने २२ सवारी साधन र ४९ मानिसलाई ‘होल्ड’ गराएर कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा लकडाउन उल्लंघन गर्ने १४ मोटरसाइकल, दुई...

अभावका बेला मनकारी मनका भुसालले दिए राहत

अभावका बेला मनकारी मनका भुसालले दिए राहत
विपिन शर्मा आचार्य चितवन । फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ ! मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ मानिस भई ईश्वरको यो दिव्य मुहार हँसाऊ कुन मन्दिरमा जान्छौ यात्री... महाकवी लक्ष्मीप्रसाद देवकोटाले भनेजस्तै सधैँ अभावमा बाँचेकालाई यो समय विषम परिस्थितिको रुपमा गुज्रँदै छ । लकडाउन तर निर्विकल्प उपाय हो मानव जातिको रक्षाको लागि, त्यसैले यो अभाव र कष्टलाई कसरी कम सु...

लकडाउनमा वीरगन्जस्थित वडा कार्यालयमा चोरी गरी आगजनी

लकडाउनमा वीरगन्जस्थित वडा कार्यालयमा चोरी गरी आगजनी
-अजित अधिकारी वीरगंज । लकडाउनका बेला अज्ञात समूहले वीरगन्ज महानगरपालिका २४ को वडा कार्यालयमा चोरी गरी आगजनीसमेत गरेको छ । अज्ञात समूहले वडा कार्यालय भवनमै रहेको स्वास्थ्यचौकीको पनि ढोका तोडेर औषधि चोरेर लगेको छ । रामगढवामा रहेको वडा कार्यालय र स्वास्थ्यचौकीमा गए राति अज्ञात समूहले आगजनी गर्नुका साथै सरसामान पनि चोरेर लगेको वडाध्यक्ष दशरथ राउत कुर्मीले जानकारी दिए । अज्ञात...

कोरोना नियन्त्रण कार्यदलद्वारा अस्पतालहरुलाई पिपिई हस्तान्तरण

कोरोना नियन्त्रण कार्यदलद्वारा अस्पतालहरुलाई पिपिई हस्तान्तरण
चितवन । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढ्दै गएको समयमा कोरोना नियन्त्रण कार्यदल भरतपुरले जिल्लामा रहेका अस्पतालहरुलाई व्यक्तिगत सुरक्षाका सामग्री (पिपिई)हरु हस्तान्तरण गरेको छ । कार्यदलका संयोजक एवं भरतपुर महानगर प्रमुख रेनु दाहालले कार्यदललाई प्राप्त भएका पिपिई आज अस्पतालहरुलाई हस्तान्तरण गरेकी हुन् । विभिन्न संघसंस्थाद्वारा हस्तान्तरण गरिएका तथा महानगरले खरिद गरेर ल्या...

असहायका नाममा चन्दा संकलन नगर्न प्रशासनको निर्देशन

असहायका नाममा चन्दा संकलन नगर्न प्रशासनको निर्देशन
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना प्रकाशित गर्दै कोभिड १९ बाट सबै नागरिकलाई सुरक्षित राख्न देशभर लकडाउन भइरहेकोमा यस कार्यमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । यसै सन्दर्भमा कतिपय व्यक्तिले असहाय व्यक्तिहरुलाई सहयोग गर्ने नाममा चन्दा संकलन गरी आफूखुसी बाँड्दै आएको सुनिएकाले प्रशासनको गम्भीर ध्यानाकर्षण भएको सूचनामा जनाइएको छ । असहाय तथा गरिबका नाममा कस...

इच्छाकामना गाउँपालिकाद्वारा अलपत्र परेका ४६ मजदुरको उद्वार

इच्छाकामना गाउँपालिकाद्वारा अलपत्र परेका ४६ मजदुरको उद्वार
चितवन । चितवनको गाउँपलिका इच्छाकामनाले विभिन्न स्थानमा अलपत्र परेका आफ्ना गाउँपालिकावासी नागरिकको उद्वार गरेको छ । कोरोना भाइरसको प्रभावका कारण जारी लकडाउनका समयमा ४६ नागरिक अलपत्र परेको खबर आएसँगै गाउँपालिकाले उद्वार गरेको हो । समुद्र कन्स्ट्रक्सनले पर्वतमा निर्माण गरिरहेको सिँचाइ आयोजनामा काम गर्न गएका इच्छाकामना–१ हात्तीवाङ र मेत्राङका ३४, गोरखा धार्चे गाउँपालिकामा सडक नि...