रत्ननगरका ४५ विपन्न परिवारलाई कांग्रेसका युवाहरुको सामग्री हस्तान्तरण
चितवन । कोरोनाको संक्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको समयसीमा बढेर जाँदै गर्दा विपन्न परिवारलाई यो अवधिले पीडा दिइरहेको छ । पीडामा रुमलिएका दिनभर ज्याला मजदूरी गरी घरको चुल्हो बाल्ने परिवारलाई यति बेला अभावले सताउन थालिसकेको छ ।
स्थानीय सरकारले समस्या हल गर्न नीति निर्देशन तयार गर्दै गर्दा सामाजिक उत्तरदायित्त्व वहन गर्दै आज रत्ननगर नगरपालिका वडा नम्बर १२ र १३ का अति विपन...









