सुनसान पोखरा : लकडाउनको पालना बढ्दै
– वासुदेव पौडेल/कृष्ण दवाडी
पोखरा । कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभाव पोखरामा दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ ।
लकडाउनको शुरुका दुई दिनका तुलनामा आज बिहान पोखरामा मर्निङवाकमा निस्कनेको सङ्ख्या निकै कम देखिएको छ । मर्निङवाकमा फाट्टफुट्ट निस्कनेलाई पनि यसअघिजस्तै सुरक्षाकर्मीले सम्झाएर फर्काउने गरेका छन् ।
लकडाउनसँगै मर्निङवाकक...









