टोकियो ओलम्पिक २०२० सर्ने निश्चित
टोकियो । अन्ततः टोकियोमा हुुन लागेको ओलम्पिक खेल केही समय पछाडि सर्ने भएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबे र अन्तरराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचबीच मङ्गलबार दिउँसो भएको भिडियो वार्तामा केही समय पछाडि ओलम्पिक खेल सार्ने विषयमा छलफल भएको हो ।
जापान आफ्नो देशमा हुन लागेको ओलम्पिकका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको भए पनि विश्वभरि फैलँदै गएको कोरोना भाइरसका कारण...









