नेपाल एयरलाइन्सको जापान र दुबईको उडान स्थगित

नेपाल एयरलाइन्सको जापान र दुबईको उडान स्थगित
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता र युएईको दुबई गन्तव्यको उडान स्थगित गरेको छ । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगमले दुवै गन्तव्यमा गर्दै आएको नियमित उडान चैत्र ७ गते रातिदेखि लागू हुने गरी स्थगित गरेको आज विज्ञप्तिमार्फत जनाएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्...

कोरोना महामारीले चिडियाखाना बन्द

कोरोना महामारीले चिडियाखाना बन्द
काठमाडौँ । विश्वभर फैलिएको ‘कोभिड–१९’ को महामारीले संक्रमण रोक्ने तयारी अनुसार जावलाखेलस्थित सदर चिडियाखाना बन्द गरिने भएको छ । शुक्रबारदेखि सर्वसाधारणले चिडियाखाना अवलोकन गर्न नपाउने भएका हुन् । चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले भने, “कोरना भाइरस सङ्क्रमणको डरले बन्द गरिएको हो । हरेक दिन तीन हजार अवलोकनकर्ता यहाँ अवलोकनका लागि आउने गरेका थिए ।” विद्या...

कोभिड–१९ को जोखिमले बागमती प्रदेशको अधिवेशन अन्त्य

कोभिड–१९ को जोखिमले बागमती प्रदेशको अधिवेशन अन्त्य
हेटौँडा । बाग्मती प्रदेशकोे प्रदेशसभाको ५औँ अधिवेशन आजबाट अन्त्य भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा ‘कोभिड–१९’ सङ्क्रमणको जोखिमको कारण देखाउँदै अधिवेशनको अन्त्य भएकोे हो । वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख विष्णु प्रसाईंले पठाएको पत्र पढेर हिँउँदे अधिवेशन अन्त्य भएको जानकारी दिए । यस अधिवेशन अवधिभर प्रदेशसभाले २५ वटा बैठक बसेर ७ वटा विधेयक एक अध्याद...

‘कोभिड १९’ रोकथाममा लाग्न स्वास्थ्यमन्त्री आग्रह

‘कोभिड १९’ रोकथाममा लाग्न स्वास्थ्यमन्त्री आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विश्वरभर फैलिएको ‘कोभिड १९’ को रोकथामको प्रयास साझा रहेको भन्दै यसका लागि सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । बिहीबार मन्त्रालय र प्रेस काउन्सिल नेपालले संयुक्त रुपमा आयोजना गरेको कोरोना भाइरस सङ्क्रमण र मिडियाको भूमिका विषयक छलफलमा मन्त्री ढकालले महामारी नियन्त्रण एक्लैको प्रयासले नहुने भन्दै सबैको सहयोग आवश्यक हुने ...

कोरोनाको महामारीबाट १७७ देश प्रभावित, ९३१० जनाको मृत्यु

कोरोनाको महामारीबाट १७७ देश प्रभावित, ९३१० जनाको मृत्यु
काठमाडौँ- चीनको वुहान सहरबाट फैलिएर विश्वका १७६ देशमा महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट बिहीबार बेलुकी आठ बजेसम्म ९३१० जनाको मृत्यु भएको छ । बिहीबार अर्थात् मार्च १९ मा इरानमा १४९, स्पेनमा १२९, नेदरल्याण्डस्मा १८, चीनमा आठ, जर्मनीमा आठ, दक्षिण कोरियामा सात, अमेरिकामा सात र इन्डोनेसियामा छ जनाको मृत्यु भएको हो । बिहीबारमात्रै नयाँ संक्रमितको संख्यामात्र...

विदेशको सीपले नेपालमा व्यवसाय

विदेशको सीपले नेपालमा व्यवसाय
चितवन- दश वर्षको अष्ट्रेलिया बसाइपछि स्वदेश फर्किएर एक दम्पतीले त्यहाँ सिकेको सीपलाई उपयोग गर्दै आफ्नै घरमा व्यवसाय सुरु गरेका छन् । भरतपुर महानगरपालिका–१० बाइपास सडकको भरतपुर आँखा अस्पतालको आडैमा उनीहरुले ग्लोबल कफीहाउस सञ्चालनमा ल्याएका हुन् । श्रीमान् प्रदीपको सहयोगमा आश्मा तिमिल्सिनाले कफीसप सञ्चालन गरेका छन् । कफीसपमा ग्राहकलाई अन्तर्राष्ट्रिय स्वादको कफीसँगै सीप सिक्न ...

पेट्रोलमा कालोबजारी गर्ने तीन जना प्रहरीको फन्दामा

पेट्रोलमा कालोबजारी गर्ने तीन जना प्रहरीको फन्दामा
राजविराज । सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरिएको छ । नगरपालिका–५ कुशाहास्थित पसलमा अवैधरूपमा पेट्रोल प्रतिलिटर रु १२० का दरले बिक्री वितरण गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बाबुराम कार्कीले बताए । पक्राउ पर्नेमा नगरपालिका–७ का ३७ वर्षीय अरुण चौधरी, ४० वर्षीय अली हसन र वडा नं ५ का ३...

चेपाङ समुदायको फेरिँदै दिनचर्या, बेमौसमी तरकारी खेतीमा रमाउँदै

चेपाङ समुदायको फेरिँदै दिनचर्या, बेमौसमी तरकारी खेतीमा रमाउँदै
चितवन- धुषा र डाँडा गाउँका भिरालो बारीको ससाना पटामा हरियाली काँक्रोको लहराले झपक्कै ढाकेको छ । चितवनको पहाडी भेग इच्छाकामना गाउँपालिका–३ को सीमान्तकृत चेपाङ समुदायको ती क्षेत्रमा बाक्लो बस्ती रहेको छ । ती गाउँका ती समुदाय यति बेला काँक्रोलाई थाक्रा हाल्न व्यस्त छन् । अहिले बेमौसमी काँक्रो खेतीको मौसम हो । गिठा र भ्याकुर खोजेर खाने तथा खोरिया फाँडेर कोदो मकै लगाएर जीवन निर्व...

एसइई परीक्षा केन्द्र सुनसान, विद्यार्थीसँग क्षमा माग्दै प्रश्नपत्र सुरक्षित गर्न बोर्डको आग्रह

एसइई परीक्षा केन्द्र सुनसान, विद्यार्थीसँग क्षमा माग्दै प्रश्नपत्र सुरक्षित गर्न बोर्डको आग्रह
काठमाडौँ- सरकारले बिहीबारदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी र विद्यार्थीको सिम्बोल नम्बर प्रत्येक बेञ्चमा टाँसेर परीक्षाको तयारी गरे पनि साँझ सरकारले परीक्षा अनिश्चितकालका लागि स्थगन गरेपछि परीक्षा केन्द्र सुनसान बनेका हु...

कोरोना रोकथामका लागि शैक्षिक परामर्श र तालिमका कार्यक्रम पनि बन्द

कोरोना रोकथामका लागि शैक्षिक परामर्श र तालिमका कार्यक्रम पनि बन्द
काठमाडौँ- सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षा स्थगन गरेसँगै शैक्षिक प्रतिष्ठानका तालिम र परामर्श केन्द्रका कार्यक्रम पनि बन्द गराउने निर्णय गरेको छ । कोभिड– १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको निर्णय कार्यान्वयनका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो जानकारी दिएको हो । मन्त्रालयले हाल स...