दुई टिप्पर आपसमा ठोक्किँदा एक महिलाको मृत्यु

दुई टिप्पर आपसमा ठोक्किँदा एक महिलाको मृत्यु
रुपन्देही- रुपन्देहीको देवदहमा शनिबार दुई टिप्पर आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा रुपन्देहीको दुबिया बस्ने ३५ वर्षीया सुनिता चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी गराएको छ । देवदह नगरपालिका–९ पाँचनम्बर डाँडा भन्ने स्थानमा बुटवलतर्फ आउँदै गरेको लु१ख २५८४ नंको टिप्पर र बुटवलबाट खैरेनीतर्फ जाँदै गरेको लु२ख १२१८ नंको टिप्पर स...

प्रधानमन्त्री ओलीले राजीनामा दिँदा उचित हुन्छ : अध्यक्ष जबरा

प्रधानमन्त्री ओलीले राजीनामा दिँदा उचित हुन्छ : अध्यक्ष जबरा
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण उहाँले जे–जे गर्दा आराम गर्न सक्नुहुन्छ, त्यो गर्नुपर्छ ।’ रिपोर्टर्स क्लब नेपालले शनिबार गरेको विशेष साक्षात्कारमा अध्यक्ष जबराले प्रधानमन्त्री ओलीले स्वस्थ हुँदा पनि मुलुकप्रति...

कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तलाई

कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तलाई
काठमाडौँ- रियालिटी सो कमेडी च्याम्पियनका विजेता हिमेश पन्त बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र खड्गबहादुर पुन (खबपु)लाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन् । हिमेशले २५ लाख नगद राशिको पुरस्कारका साथै कार पाएका छन् । अन्य आकर्षक गिफ्ट ह्याम्परसमेत प्राप्त गरेका छन् । आज शनिबार काठमाडौँमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृ...

उद्योगी व्यवसायीको हितमा सधैँ प्रतिबद्ध छु : उपाध्यक्ष ढकाल

उद्योगी व्यवसायीको हितमा सधैँ प्रतिबद्ध छु : उपाध्यक्ष ढकाल
चितवन- उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफू सधैँ व्यवसायीको हकहितमा लागेको र आगामी दिनमा पनि सधैँ लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । रत्ननगर उद्योग वाणिज्य संघमा आयोजित एक कार्यक्रममा उनले व्यवसायीको हकहित र सुरक्षामा कुनै पनि कमी हुन नदिने बताएका छन् । महासंघको आगामी चैत्र २९ र ३० गते हुने महाधिवेशनमा वरिष्ठ उपाध्यक्षको उमेदवारसमेत रहेका ढकालले सरक...

रत्ननगरमा बालश्रम न्यूनीकरण कार्यक्रमको अनुगमन

रत्ननगरमा बालश्रम न्यूनीकरण कार्यक्रमको अनुगमन
चितवन- पूर्वी चितवनको रत्ननगरमा सञ्चालित बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमको शनिबार अनुगमन गरिएको छ । रत्ननगर नगरपालिका र युनिसेफ नेपालको सहकार्यमा रत्ननगर उद्योग वाणिज्य संघद्वारा सञ्चालित सो कार्यक्रमबाट हालसम्म भए गरेका गतिविधिहरुको अनुगमन गरिएको हो । रत्ननगरको वडा नं २, ७, ८, १४ लगायतका विभिन्न वडामा बालश्रम न्यूनीकरणमा भएका गतिविधि र कार्यहरुको अनुगमन गरिएको ...

दुवै मिर्गौला फेल भएकी चरीमायालाई आर्थिक सहयोग

दुवै मिर्गौला फेल भएकी चरीमायालाई आर्थिक सहयोग
चितवन- दुवै मिर्गौलाले काम नगरेपछि समस्यामा परेकी कालिका नगरपालिका वडा नं २ स्थित पदमपुर, कमलचोककी चरीमाया महतोलाई आर्थिक सहयोग जुटेको छ । आर्थिक अभावका कारण मिर्गौला प्रत्यारोपणका लागि समस्यामा परेकी महतोलाई १ लाख १५ हजार ६०० रुपैयाँ सहयोग जुटाइएको हो । कालिका वडा नं ६ बुद्धज्योति टोल विकास संस्थाका दावादोर्जे मोक्तान, बुद्धिमाया तामाङ, पञ्चमाया घिसिङलगायतको पहलमा संकलित स...

सरकारले हिमाल आरोहण बन्द गरेपछि हेलिकप्टरका विदेशी पाइलटको बिदाइ

सरकारले हिमाल आरोहण बन्द गरेपछि हेलिकप्टरका विदेशी पाइलटको बिदाइ
काठमाडौँ- सरकारले यसपटकको वसन्तकालीन हिमाल आरोहणलगायतका पर्यटकीय गतिविधिमा रोक लगाएपछि नेपाली हेलिकप्टर कम्पनीहरूले विदेशी पाइलटलाई बिदाइ गरेका छन् । चार्टर उडान घटेपछि १५ वटा हेलिकप्टर ग्राउन्डेड गरिएको छ । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार यो सिजनका लागि राखिएका १५ जना विदेशी पाइलटलाई बिदाइ गरिएको छ । नेपालमा १० वटा निजी हेलिकप्टर कम्पनीका ३३ वटा हेल...

सभापति देउवाको निर्णयप्रति महामन्त्री कोइरालाको असहमति

सभापति देउवाको निर्णयप्रति महामन्त्री कोइरालाको असहमति
नवलपरासी- नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको नवलपरासी (पश्चिम)को कार्यसमिति यथावत राख्न सभापति शेरबहादुर देउवालाई पत्रमार्फत आग्रह गरेका छन् । सभापति देउवाले नवलपरासी (पश्चिम)मा पार्टीको कार्यवाहक जिल्ला सभापति अर्जुन पोख्रेलको स्थानमा विष्णुप्रसाद पौडेललाई नयाँ सभापतिको जिम्मेवारी तोकेपछि महामन्त्री कोइरालाले असहमति जनाउँदै सो पत्र लेखेका हुन् । ...

बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु
चितवन- पूर्वी चितवनको भण्डारामा शुक्रबार राति बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बाराको पर्वानीपुर नगरपालिका–२ बस्ने २३ वर्षीय राजीव ठाकुर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्व पश्चिम लोकमार्गअन्तर्गत राप्ती नगरपालिका–७ वीरेन्द्रनगरमा नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ...

विषाक्त मदिरा सेवनले ११ जनाको मृत्यु, पूरै गाउँ शोकमा

विषाक्त मदिरा सेवनले ११ जनाको मृत्यु, पूरै गाउँ शोकमा
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ गरी मृत्युहुनेको सो सङ्ख्या पुगेको जनाइएको छ । होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु मदिरा पिउँदा गम्भीर बिरामी भएपछि स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक साताअघि मृत्यु भएका पाँचको विषाक्त मद...