छ घन्टाको व्यग्र प्रतीक्षापछि मिर्गौलाको सफल प्रत्यारोपणको सुखद् खबर

छ घन्टाको व्यग्र प्रतीक्षापछि मिर्गौलाको सफल प्रत्यारोपणको सुखद् खबर
काठमाडौँ- शल्यक्रिया कक्षमा चिकित्सक प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा व्यस्त भएका बेला महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा उनका शुभेच्छुक प्रत्यारोपण सफलताको कामना गरिरहेका थिए । स्वदेशी अस्पतालमा नेपाली अनुभवी चिकित्सकले मुलुकको कार्यकारी प्रमुखको मिर्गौला प्रत्यारोपण गरेको यो विशेष क्षणलाई स्वदेश र विदेशबाट समेत चासो र प्रतीक्षाका साथ हेरिएक...

ट्रम्प र तालिबान राजनीतिक प्रमुखबीच “सौहार्द्रपूर्ण वार्ता”

ट्रम्प र तालिबान राजनीतिक प्रमुखबीच “सौहार्द्रपूर्ण वार्ता”
वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान शान्ति प्रक्रियाका सम्बन्धमा तालिबानका राजनीतिक प्रमुखसँग निकै “सौर्हाद्धपूर्ण” वार्ता भएको घोषणा गरेका छन् । अफगानिस्तानमा केही दिनदेखि हिंसात्मक भिडन्तहरु रोकिए पनि पछिल्लो पटक हिंसाका घटनामा वृद्धि भएसँगै टेलिफोन वार्ता भएको हो । ट्रम्प र तालिबानका राजनीतिक प्रमुख मुल्लाह बरादरबीच अप्रत्यासित फोनवार्ताका बारेमा तालिबानले...

अमेरिकाको टेनेसीमा आँधीका कारण २४ जनाको मृत्यु

अमेरिकाको टेनेसीमा आँधीका कारण २४ जनाको मृत्यु
टेनेसी- अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीमा परी २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार मंगलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २४ पुगेको बुधबार प्राप्त समाचारमा जनाइएको छ । त्यहाँको भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको छ । आँधीले उक्त राज्यको राजधानी न्यासभिलमा समेत व्यापक संरचनाहरूमा क्षति...

प्रधानमन्त्रीको मिर्गौलाको सफल प्रत्यारोपण

प्रधानमन्त्रीको मिर्गौलाको सफल प्रत्यारोपण
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सफलरूपमा मिर्गौला प्रत्यारोपण भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाका अनुसार मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो । मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा समय लागेको अस्पतालले जनाएको छ । अस्पतालका प्रा डा प्र...

चितवनमा बैंकिङ कसुरका मुद्दाहरू बढ्दो

चितवनमा बैंकिङ कसुरका मुद्दाहरू बढ्दो
चितवन- मुलुकी अपराधसंहिता लागू भएसँगै जिल्लामा चेक अनादार तथा बैंकिङ कसुरका घटना बढेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको तीनवर्षीय तथ्याङ्क हेर्ने हो भने यो मुद्दा दर्ता हुने क्रम बढ्दो सङ्ख्यामा छ । प्रहरीको तथ्याङ्कअनुसार चालू आव २०७६/७७ को माघसम्म बैंकिङ कसुर शीर्षकमा ६३ वटा मुद्दा दर्ता भएका छन् । आव २०७५/७६ भदौबाट सुरु भएको यो संहिताका कारण बैंकिङ कसुरमा मुद्दाहरू दर...

चौंरीदेउरालीमा यात्रु बस दुर्घटना, ४४ जना घाइते

चौंरीदेउरालीमा यात्रु बस दुर्घटना, ४४ जना घाइते
बनेपा- काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका–५ ढाँटखर्कमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । रामेछाप जिल्लाको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नंको बस पछाडि सार्ने क्रममा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले बताए । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रह...

कोरोना भाइरसबाट बच्न ‘हात नमिलाउन र नमस्कार गर्न’ सुझाव

कोरोना भाइरसबाट बच्न ‘हात नमिलाउन र नमस्कार गर्न’ सुझाव
–मोहमद सदरुल विराटनगर- नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट बच्न ‘हात नमिलाउन र नमस्कार गर्न’ बानी बसाल्न सुझाव दिएका छन् । चीनबाट फैलिएको यो भाइरस अहिले विश्वका ७२ वटा देशमा देखिएका छन् भने नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठन प्रतिवेदनमा रहेको आज चिकित्सकले जानकारी दिएका छन् । ज्वरो आउने, हाछ्यूँ आउने र श्वासप्रश्वासमा समस्या देखिने भाइरसका कारण मानिसको ज्यान ...

पत्रकार डेकेन्द्रका हत्या आरोपित पुर्पक्षका लागि थुनामा

पत्रकार डेकेन्द्रका हत्या आरोपित पुर्पक्षका लागि थुनामा
दैलेख- दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकलाई जिल्ला अदालत दैलेखले मङ्गलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । पत्रकार थापाको हत्यामा मुख्य आरोपित चारमध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ‘अरुण’ भन्ने बमबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले मङ्गलबार जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासल...

कोरोना प्रभाव : सौराहामा पर्यटक आउन छाडेपछि कर्मचारीलाई बिदा

कोरोना प्रभाव : सौराहामा पर्यटक आउन छाडेपछि कर्मचारीलाई बिदा
–नारायण अधिकारी चितवन- कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन् । यहाँका होटलमा १५ देखि २० प्रतिशत हाराहारी मात्र पर्यटक रहेका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार गत वर्ष यतिबेला ९० प्रतिशत हाराहारी होटलका कोठा बुकिङ हुने गर्दथे । नेपाली कार्यक्रम भइरहेकाले आजसम्म २० प्रतिशत हाराहारी कोठा भर...

राष्ट्रियसभाका नयाँ १८ सदस्यको शपथ

राष्ट्रियसभाका नयाँ १८ सदस्यको शपथ
काठमाडौँ- संघीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा बुधबार आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाए । शपथ लिनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का दुई सदस्य छ...