कोरोनाको त्रासका देखाएर माक्समा कालोबजारी गर्नेलाई दुई लाख जरिवाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन मेडिकल क्षेत्रमा केन्द्रित बनाएको छ।
पछिल्लो समय कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल माक्स, सेनिटाइजेसनलगायत वस्तुको बजार माग बढिरहेको अवस्थामा त्यस्ता वस्तु लुकाउने र बढी मूल्यमा बेच्ने गरेको गुनासो आएपछि विभागले अनुगमन तीव्र बनाएको हो ।
विभागले मंगलबारमात्रै क्षेत्रपाटीको नेपाल केयर सर्जिकल सप्लाय...









