प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार
काठमाडौँ । मिर्गौला प्रत्यारोपणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ । प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थालेको र अन्य सूचकहरु राम्रो रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुधबार उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । हाल उनीलाई शल्यक्रिया कक्षबाट प्रत्यार...

बस र ट्रक ठक्कर खाँदा नौ जना घाइते

बस र ट्रक ठक्कर खाँदा नौ जना घाइते
चितवन- खैरहनी नगरपालिका वडा नं ९ स्थित नमुना पेट्रोल पम्प अगाडि बस र ट्रक ठक्कर खाँदा बसका नौ यात्रु घाइते भएका छन् । दुर्घटना बिहीबार बिहान अन्दाजी तीन बजेको समयमा भएको हो । विराटनगरबाट काठमाडौँ जाँदै गरेको ना६ख १५६१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ६१७६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा बसमा सवार ३४ जनामध्ये नौ जना घाइते भएको इलाका प्रहरी कार्यालय खैरहनीले जन...

संविधानको मर्मविपरीत आएका विधेयक अमान्य : सभापति देउवा

संविधानको मर्मविपरीत आएका विधेयक अमान्य : सभापति देउवा
काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको मर्म र भावनाविपरीत आएका विधेयक नेपाली काँग्रेसलाई मान्य नहुने बताएका छन् । नेपाल ट्रेड युनियन काँग्रेसको ७४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले सरकारले प्रजातान्त्रिक मूल्य र मान्यतामाथि हस्तक्षेप गरेको बताएका हुन् । “बहुमतको आधारमा सरकारले मुलुकमा कम्युनिस्ट शासन लागू गर्न ...

नेकपाद्वारा ठूला भेला र जनसभा स्थागित

नेकपाद्वारा ठूला भेला र जनसभा स्थागित
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नोबल कोरोना भाइरसको सङ्क्रमणका कारण ‘पार्टी एकता सुदढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ अन्तर्गतका ठूला भेला स्थगित गरेको छ । सो पार्टीमा महासचिव विष्णुप्रसाद पौडेलले आज सर्कुलर जारी गरी पूर्वनिर्धारित ठूला भेला तथा जनसभा हाललाई स्थगित गरिएको जानकारी गराएका छन् । पार्टी तथा जनवर्गीय सङ्गठनका सबै तहका कमिटीका बैठक आयोजना गर्ने ...

गण्डकीमा कोरोना नियन्त्रण र प्रतिकार्य गर्न ‘टास्क फोर्स’ सक्रिय

गण्डकीमा कोरोना नियन्त्रण र प्रतिकार्य गर्न ‘टास्क फोर्स’ सक्रिय
पोखरा- चीनको नाकासँग गण्डकी प्रदेशको सीमा जोडिएकाले यस प्रदेशमा उच्च जोखिम रहेको अनुमान गरिएको छ । गत माघ १२ गते कोरोना भाइरस नियन्त्रण र प्रतिकार्यको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्मा संयोजकत्वमा गठित ‘टास्क फोर्स’ सक्रिय भइ काम गरिरहेको छ । अहिले कोराना भाइरस सङ्क्रमितका लागि भनेर अस्पतालमा दुई हब र २७ सेटेलाइट अस्पताल तोकिएका ...

योगदान गर्ने व्यक्ति सम्मानित हुनुपर्छ : गृहमन्त्री थापा

योगदान गर्ने व्यक्ति सम्मानित हुनुपर्छ : गृहमन्त्री थापा
काठमाडौँ- गृहमन्त्री रामबहादुर थापाले मुलुकमा योगदान गर्ने वास्तविक व्यक्ति नै राज्यबाट सम्मान हुनुपर्ने बताएका छन् । नेपाल कानून आयोगले आयोजना गरेको विभूषणसम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले विगतमा वास्तविक व्यक्ति राज्यबाट सम्मान हुन नपाउँदा कयौँ उपाधि र विभूषण बहिष्कार वा अस्वीकार गर्ने घटना देखिएका औँल्याए । ...

कोरोनाभाइरसको प्रभावका कारण भरतपुर महोत्सव स्थगित

कोरोनाभाइरसको प्रभावका कारण भरतपुर महोत्सव स्थगित
चितवन- भरतपुर ९ मा रहेको केन्द्रीय बस टर्मिनल नजिकै राष्ट्रिय सहकारी बोर्डको खाली चौरमा सञ्चालन गरिएको प्रथम भरतपुर साँस्कृतिक महोत्सव २०७६ स्थगित गरिएको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को उच्च सतर्कताका लागि स्थानीय प्रशासनले गरेको अनुरोधका आधारमा महोत्सव स्थगित गरिएको आयोजकले जनाएको छ । भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक श्याम प...

बस दुर्घटनामा तीनको मृत्यु, १८ घाइते

बस दुर्घटनामा तीनको मृत्यु, १८ घाइते
हेटौँडा । मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा ना ३ ख ३५५६ नम्बरको मकवानपुरगढीदेखि हेटौँडातर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्तक तीनै जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन् । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेको घटनास्थलबाट उद्ध...

जीप दुर्घटनामा तीनको मृत्यु, चार घाइते

जीप दुर्घटनामा तीनको मृत्यु, चार घाइते
दैलेख- दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रातानाङ्गला–धरमपोखरा सडकअन्तर्गत पर्ने राउटे गल्छीमा आज कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा सुर्खेतको चिङ्गाड गाउँपालिका– ६ का देवबहादुर खड्का, वीरेन्द्रनगर–१५ का खड्गबहादुर बुढाथो...

कोरोनाको जोखिम नियन्त्रणका लागि ‘एक्सन टिम’ बनाउन निर्देशन

कोरोनाको जोखिम नियन्त्रणका लागि ‘एक्सन टिम’ बनाउन निर्देशन
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोनाभाइरस (कोभिड–१९) ले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण र नेपाल पर्यटन बोर्डमा ‘एक्सन टिम’ बनाउन निर्देशन दिएका छन् । कोरोनाभाइरसले पर्यटन उद्योगमा पार्नसक्ने असर र चाल्नुपर्ने कदमबारे सरोकारवाला निकायसँग आज मन्त्रालयमा गरिएको छलफलमा ...