रुघाखोकी तथा ज्वरो आएमा विमानस्थल नजान बुद्ध एयरको आग्रह

रुघाखोकी तथा ज्वरो आएमा विमानस्थल नजान बुद्ध एयरको आग्रह
काठमाडौँ- बुद्ध एयरले कोरोना भाइरसको मुख्य लक्षण रुघाखोकी तथा ज्वरो आएका यात्रुलाई विमानस्थलमा नआउन आग्रह गरेको छ । कम्पनीले आज एक सार्वजनिक सूचना जारी गर्दै रुघाखोकी तथा ज्वरो आएका व्यक्ति तथा आफन्तजनले हवाई यात्रा नगर्न तथा विमानस्थलमा पनि नआउन आह्वान गरेको हो । कम्पनीले टिकट काटिसकेका यात्रुमा पनि त्यस्तो समस्या भएमा बरु यात्रा रद्द गर्न सुझाउँदै टिकट रद्द गरेबापत नियमान...

गाँजाखेतीलाई वैधानिक बनाउन माग गर्दै प्रदेशसभामा विधेयक दर्ता

गाँजाखेतीलाई वैधानिक बनाउन माग गर्दै प्रदेशसभामा विधेयक दर्ता
हेटौँडा- गाँजा खेतीलाई वैधानिक बनाउन माग गदै वाग्मती प्रदेशसभा सचिवालयमा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता भएको छ । आजको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य केशव स्थापितले आफूले सो सम्बन्धी विधेयक सचिवालयमा दर्ता गराएको जानकारी दिए । प्रदेशसभामा निजी विधेयकका रुपमा सो विधेयक पहिलोपटक दर्ता भएको जनाइएको छ । सो विधेयक ५३ औँ विधेयक हो । यसअघि सभामा...

संघीय सरकारको पुरानै मानसिकता हावी भयो : मुख्यमन्त्री राउत

संघीय सरकारको पुरानै मानसिकता हावी भयो : मुख्यमन्त्री राउत
जनकपुरधाम- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई राजधानी, पहिचान, विशिष्टता र आवश्यकतालाई ध्यानमा राखी दूरगामी सोच निर्धारण गर्नुपर्ने औँल्याएका छन् । जनकपुरधाम उपमहानगरपालिकाद्वारा आयोजित ‘जनकपुरधाम सन् २०४० : दूरगामी सोच निर्धारण तथा समावेशी आर्थिक योजना तर्जुमा गोष्ठी’को शुभारम्भ गर्दै उनले जनकपुरधामलाई सांस्कृतिक, व्यावसायिक, शैक्षिक तथा स्वास्थ्य सहरक...

सार्वजनिक जग्गा कार्यकर्तालाई नबाँड्न सांसदहरुको माग

सार्वजनिक जग्गा कार्यकर्तालाई नबाँड्न सांसदहरुको माग
काठमाडौँ- राष्ट्रियसभाका सांसदहरुले सार्वजनिक जग्गा केही मानिसलाई फाइदा हुनेगरी दिने निर्णय खारेज गर्न सरकारसँग माग गरेका छन् । सभाको मंगलबारको बैठकको शून्य समयमा सांसद अनिता देवकोटाले घोराही उपमहानगरपालिकामा रहेको सार्वजनिक जग्गा नियम विपरीत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तालाई लिजमा दिन लागिएकाले खारेज गर्न माग गरे । सार्वजनिक जग्गा प्राकृतिक विपत्तिका लाग...

मुडाले बजार नपाउँदा कैदीबन्दीलाई समस्या

मुडाले बजार नपाउँदा कैदीबन्दीलाई समस्या
चितवन- कारागारमा रहेका कैदीबन्दी आफूहरुले निर्माण गरेका मुडाले बजार पाउन नसक्दा चिन्तित भएका छन् । तीन महिनादेखि यहाँ निर्मित मुडाले बजार पाउन सकेका छैनन् । कारागारमा रहेका कतिपय कैदीबन्दीले यही कमाइबाट घरखर्च चलाउँदै आएका थिए । उनीहरु अहिले मुडाले बजार नपाउँदा निरास बनेका छन् । कुनै समय बुटवल, पोखरा, काठमाडौँसम्म पुग्ने यहाँ निर्मित मुडाले अहिले कतै पनि बजार पाउन सकेको छैन...

‘प्रि–मनसुन’ सुुरु : मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

‘प्रि–मनसुन’ सुुरु : मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ- स्थानीय वायुको प्रभावले मंगलबार देशको पूर्वी तथा मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘प्रि–मनसुन’ सुुरु भएकाले स्थानीय वायुको प्रभाव परेको मौसमविद् गङ्गा नगरकोटीले बताए । “अङ्ग्रेजी महिना मार्चदेखि सुरु हने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाड...

कोरोना भाइरसको प्रभाव : श्रम स्वीकृति स्थगित

कोरोना भाइरसको प्रभाव :  श्रम स्वीकृति स्थगित
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको छ । कोभिड–१९ को सन्त्रास कम नभएसम्म श्रम स्वीकृति प्रदानको कार्य हाललाई स्थगन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिए । अत्यावश्यकबाहेक अन्य...

प्रधानमन्त्रीको आत्मबलको प्रशंसाः सफल प्रत्यारोपणको कामना

प्रधानमन्त्रीको आत्मबलको प्रशंसाः सफल प्रत्यारोपणको कामना
काठमाडौँ । “नेपाली चिकित्सा क्षेत्रमा विश्वास राख्ने बा ! हजुरलाई मिर्गौला अङ्गदान गर्ने महान् नारी समीक्षा सङ्ग्रौलाप्रति उच्च सम्मान गर्दै सफल प्रत्यारोपणको शुभकामनासहित दुवै जनाको शीघ्र स्वास्थ्यलाभको कामना ।” यु–टेक इञ्जिनीयरिङ कलेजका सागर पाठकले मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपण सफलताको कामनाका लागि देशका उच्चपदस्थदेखि सर्वसाधारणसम्मले विभ...

अवैध यौनधन्दा सञ्चालन गर्ने होटल सञ्चालक पक्राउ

अवैध यौनधन्दा सञ्चालन गर्ने होटल सञ्चालक पक्राउ
बनेपा । बनेपाका विभिन्न स्थानमा अवैधरूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौनधन्दा सञ्चालन गर्दै आएको उजुरीका आधारमा प्रहरीले छापा मार्ने क्रममा सो क्रियाकलाप भएको पाएपछि होटल सञ्चालकलाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्...

कोरोना भित्रिन नदिन जिल्लामा उच्च सतर्कता

कोरोना भित्रिन नदिन जिल्लामा उच्च सतर्कता
चितवन । चीनबाट सुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई ध्यानमा राखी स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव रोक्न, भीडभाड गरेर फागु नखेल्न, ठूला सभा, समारोह र भोजभतेर नगर्न स्थानीय प्रशासनले आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आज बिहान चिकित्सकसँग छलफल गरिएको छ ...