नहर अतिक्रमण हुँदा सहर डुबानमा
चितवन । भरतपुर महानगरपालिकाकाको मुख्य सहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा सहरी क्षेत्र डुबानमा पर्ने गरेको छ । नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरका कतिपय शाखा पुरेर सडक निर्माण गर्दा पानी निकास हुन नसकी डुबान हुने गरेको हो ।
नहरको कतिपय भाग पुरेर सडक बनाइएको छ भने कतिपय ठाउँमा निजी तथा सार्वजनिक भवनसमेत बनाइएको छ । महानगरमा वर्षाको पानी जाने उचित निकास हु...









