लायन्स/लियोको रक्तदानमा १२५ युनिट रगत संकलन
चितवन । चितवनमा भएको रगतको अभावलाई मध्यनजर गरी पूर्वी चितवनको रत्ननगरमा शनिबार रक्तदान कार्यक्रम गरिएको छ ।
लायन्स क्लब अफ रत्ननगर र लियो क्लब अफ राइनो रत्ननगरले संयुक्तरुपमा आयोजना गरेको सो कार्यक्रममा १२५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विकास पुरीले जानकारी दिए । कार्यक्रममा १० जना महिलासहित १२५ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगरक...









