रत्ननगरका दुई अवकाश प्राप्त शिक्षकलाई सम्मान
चितवन । रत्ननगर जेसीजले शिक्षाकोे क्षेत्रमा योगदान दिएका रत्ननगरका दुई जनालाई आइतबार सम्मान गरेको छ । जेसीज सप्ताहको उद्घाटन कार्यक्रममा लामो समय शिक्षाको क्षेत्रमा योगदान दिएका अवकाश प्राप्त शिक्षक रामचन्द्र अधिकारी र शिक्षाप्रेमी रामबाबु घिमिरेलाई सम्मान गरिएको हो ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडा नं–२ का वडाध्यक्ष तिलकराज शर्मा र रत्ननगर जेसीजका अध्यक्ष प्रदीप अधिक...









