मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
चितवन । कालिका नगरपालिका–६, कमलपुरस्थित आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा पूर्वी चितवनमा एकजनाको मृत्यु भएको छ ।
कालिका नगरपालिका–६, कमलपुरस्थित भित्री सडकमा राति करिब १ बजेको समयमा भएको दुर्घटनामा अन्दाजी ३०–३२ वर्षका पुरूषको उपचारका क्रममा भरतपुर अस्पतालमा राति २ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको नाम थर र ठेगाना खुलेको छैन । कमलपुरबाट समीपुरतर्फ जाँदै गर...









