शनिबारदेखि चितवनमा कोरोना भाइरसको परीक्षण हुने
चितवन । राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा २४ घन्टाभित्र कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला (पिसिआर ल्याब) सञ्चालनमा आउने गरी काम सुरु गरिएको छ । शनिबार बिहानबाट परीक्षण थाल्ने गरी काम अघि बढाइएको हो ।
स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली बुधबार यहाँ आएर बिहीबार दिनभर स्थानको अध्ययनमा खटिएको थियो । सो प्रयोगशाला, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको दुईवट...









