कोरोनाभाइरसको प्रभावका कारण भरतपुर महोत्सव स्थगित
चितवन- भरतपुर ९ मा रहेको केन्द्रीय बस टर्मिनल नजिकै राष्ट्रिय सहकारी बोर्डको खाली चौरमा सञ्चालन गरिएको प्रथम भरतपुर साँस्कृतिक महोत्सव २०७६ स्थगित गरिएको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को उच्च सतर्कताका लागि स्थानीय प्रशासनले गरेको अनुरोधका आधारमा महोत्सव स्थगित गरिएको आयोजकले जनाएको छ ।
भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक श्याम प...









