नेपाल रेड्क्रस सोसाइटी, पिठुवा उपशाखा द्वारा राहत सामग्री सहयोग,२२ परिवार लाभान्वित

नेपाल रेड्क्रस सोसाइटी, पिठुवा उपशाखा द्वारा राहत सामग्री सहयोग,२२ परिवार लाभान्वित
रत्ननगर,जेठ २६- चितवनको रत्ननगर-१४ स्थित नेपाल रेडक्रस सोसाईटी पिठुवा उपशाखा द्वारा रत्ननगर १४,१५ र १६ वडाका २२ विपन्न परिवारलाई राहत सामग्री सहयोग गरेको छ। आज(बुधवार) बिहान एक कार्यक्रम बिच रत्ननगर-१४ मा अवस्थित दिव्य ज्ञान विद्यालयको परिसरमा कार्यक्रम सम्पन्न भएको हो। नेपाल रेडक्रस सोसाईटि,चितवन शाखाका सभापती ज्ञानशाली न्यौपानेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम...

केहि खुकुलो गरि चितवनमा थपियो असार ३ गतेसम्म निषेधाज्ञा

केहि खुकुलो गरि चितवनमा थपियो असार ३ गतेसम्म निषेधाज्ञा
चितवन । चितवनमा जारी रहेको निषेधाज्ञा केहि खुकुलो गरि असार ३ गतेसम्मको लागि थपिएको छ । यस अघि थपिएको लक डाउनको समय सिमा भोलि जेठ २७ गते सकिदैछ । सोहि कुरालाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा एक साताको लागि थपेको हो । बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको सूचना अनुसार निषेधाज्ञा असार ३ सम्म लम्बिएको छ । चितवन प्रशासनले थपेको यो निषेधाज्ञामा ...

निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने चितवनमा प्रशासनको तयारी

निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने चितवनमा प्रशासनको तयारी
चितवन । चितवनमा भइरहेको लकडाउनलाई खुकुलो बनाएर लैजाने तयारीमा चितवन प्रशासनको तयारी रहेको छ । ३ पटक सम्म बढाएर जेठ २७ सम्मको लागि गरिएको निषेधाज्ञा सकिने मिति नजिकै आइरहदा चितवन प्रशासनले लकडाउनलाई बिस्तारै खुकुलो बनाउने तयारीमा लागेको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको दर क्रमशः न्यून हुँदै गएपछि चितवन प्रशासनले निषेधाज्ञालाई बिस्तारै खुकुलो बना...

माडीका विभिन्न क्षेत्रमा सामरी उत्थान सेवाले राख्यो हातधुने धारा

माडीका विभिन्न क्षेत्रमा सामरी उत्थान सेवाले राख्यो हातधुने धारा
चितवन । सामरी उत्थान सेवाले माडीका विभिन्न क्षेत्रमा हात धुने धारा राखेको छ । कोभिडलाई मध्यनजर गर्दै, सार्बजनिक स्थलहरुमा हात धुने धारा राखेको हो । यस संस्थाकी जिल्ला संयोजक समेत रहेकी भगवती गायक थापा मगरले सामरी उत्थान सेवाले खासगरी बिपन्न गरिब, अल्पसंख्यक, भुमिहिक सुकुम्बासी, दलित, जनजातिहरुको लागि सेवा गर्दै आएको बताइन् । उनले विशेषगरी माडीका ७,८,९ मा काम गरेको बताइन् ...

तरुणदल कालिका नगरसमितिद्वारा १ सय बिपन्न चेपाङ परिवारलाइ राहत बितरण

तरुणदल कालिका नगरसमितिद्वारा १ सय बिपन्न चेपाङ परिवारलाइ राहत बितरण
जेठ २५, चितवन । नेपाल तरुणदल कालिका नगर समितिले मंगलबार चितवनको सिद्धि तिन दोभानमा अति बिपन्न एक सय चेपाङ परिवारलाई राहत बितरण गरेको छ । लकडाउनको विषम परिस्थितिमा अति बिपन्न बर्गहरु रोगले भन्दा भोकले मर्न नपरोस् भनी तरुणदल कालिका नगरसमितिले चरणबद्ध रुपमा राहत बितरण गर्दै आइरहेको छ । पहिलो चरणमा ४० बिपन्न परिवारलाई राहत बितरण गर्न आफ्नो जन्मदिनको अवशर पारेर तरुणदलका जिल्ला ...

रत्ननगर नगरपालिकाद्धारा मानब सेवा आश्रमलाई चार लाख सहयोग

रत्ननगर नगरपालिकाद्धारा मानब सेवा आश्रमलाई चार लाख सहयोग
रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले मानव सेवा आश्रमलाई मंगलवार आर्थिक सहयोग गरेको छ । सडक पेटी तथा सार्वजनिक स्थलमा बेसहारा जीवन विताई रहेका बृद्धबृद्धा,अशक्त तथा वालवालिकाको उद्दार गरी संरक्षण गरिरहेको मानब सेवा आश्रमलाई सो नगरपालिकाले ४ लाख रुपैया आर्थिक सहयोग गरेको हो । आश्रमको भरतपुर स्थित शाखामा आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन र उपमेयर विमला दुवाडील...

आजबाट रत्ननगरमा ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई कोरोना बिरुद्धको भेरोसिल खोप लगाइदै

आजबाट रत्ननगरमा ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई कोरोना बिरुद्धको भेरोसिल खोप लगाइदै
महेश पाण्डे चितवन । आज (मंगलबार) बाट रत्ननगरमा ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई कोरोना बिरुद्धको भेरोसिल खोप लगाइने भएको छ । रत्ननगर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शिशिर पौडेलद्धारा एक सुचना प्रकासित गरि सो कुराको जानकारी दिइएको हो । रत्ननगर नगरपालिकाका १६ वटै वडामा रहेका ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई कोरोना बिरुद्धको पहिलो मात्राको भेरोसिल खोप लगाइने र...

माडी शिबरात्री मेला २०७७ को आयब्यय विवरण पत्रकार सम्मेलनद्वारा सार्वजनिक

माडी शिबरात्री मेला २०७७ को आयब्यय विवरण पत्रकार सम्मेलनद्वारा सार्वजनिक
अजित अधिकारी चितवन । माडीमा गतबर्ष अगाडि गरिएको शिवरात्री मेलाको आयब्यय विवरण आइतबार पत्रकार सम्मेलनद्वारा सार्बजनिक गरिएको छ । मेला मुल आयोजक समितिले सार्बजनिक गरेको प्रतिबेदन अनुसार मुनाफा भएको रकम थारु भबन निर्माणमा लगाइएको छ । मेलामा विभिन्न शिर्षकहरुबाट करिब ७ लाख ४५ हजार आम्दानी भएकोमा करिब ६ लाख ८ हजार खर्च भएको जनाइएको छ । आयोजकका अनुसार, १ लाख ३७ हजार ५ सय ८९ र...

माडीमा रक्तदान कार्यक्रम सम्पन्न

माडीमा रक्तदान कार्यक्रम सम्पन्न
चितवन । माडीमा शनिबार भएको रक्तदान कार्यक्रममा ४९ जनाले सहभागीता जनाएका छन । वाइसीएल नेपाल तथा अखिल क्रान्तिकारी जिल्ला समितिको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा देबेन्द्रपुरमा १२ जना महिला सहित ४९ जनाले रक्तदान गरेका हुन । यसैगरी शनिबार नै बगहीमा २८ जनाले रक्तदान गरेका छन । यो बिषम परिस्थितिमा रक्तदान गरि जीवन दान गर्नुहुने सम्पुर्ण रक्तदाताहरुमा आयोजकको तर्फबाट हार्दि...

बिश्व वातावरण दिबसको अबसरमा माडीमा गरियो बृक्षारोपण

बिश्व वातावरण दिबसको अबसरमा माडीमा गरियो बृक्षारोपण
चितवन । बिश्व वातावरण दिबसको अबसरमा माडीमा गरियो बृक्षारोपण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यबर्ती क्षेत्र बघौडा उपभोक्ता समिति र सोमेश्वर सामुदायिक बन समितिको संयुक्त पहलमा सोमेश्वर सामुदायिक बन क्षेत्र भित्र विभिन्न प्रजातीका बिरुवाहरु रोपिएको हो । हरियो बन नेपालको धन भन्ने नारालाई आत्मसाथ गर्दै, झन्डै २५० वटा बिरुवा लगाइएको बघौडा मध्यबर्ती बन उपभोक्ता समितिका अध्...