राप्ती र्यापिड्स सिपिएलको फाइनलमा प्रवेश
चितवन- नारायणगढको क्याम्पाचौरमा जारी चितवन प्रिमियर लिगमा राप्ती र्यापिड्स फाइनलमा प्रवेश गरेको छ । सिपिएलमा लगातार तेस्रो जीत निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।
मंगलबार सम्पन्न खेलमा राप्तीले इच्छाकामना वारियर्सलाई ५ विकेटले पराजित गरेको हो । इच्छाकामनाले दिएको १४९ रनको लक्ष्य राप्तीले ७ बल बाँकी रहँदा नै ५ विकेट गुमाएर पूरा गरेको थियो ।
राप्तीको जीतका भीम सार्की नाय...









