अचम्मका ब्यक्ति विकर्ण कुमार श्रेष्ठ जो पानीमा बिना चाल घण्टौ तैरिन सक्छन
रत्ननगर, चितवन
चितवन रत्ननगर निवासी विकर्ण कुमार श्रेष्ठमा एउटा अचम्मको खुबि छ जुन हो पानीमा बिना चाल घण्टौ तैरिन सक्ने । झट्ट सुन्दा अपत्यारीलो लाग्ने अचम्मको प्रतिभा उनमा रहेको छ । केहि दिन अघि उनले धेरै मिडियाको माझमा करिब ७ फिट गहिरो स्विमीङ पुलमा करिब २ घण्टा बिना चाल हात र खुट्टानै बाधेर आफुलाई सहज रुपमा तैराएर राखेका थिए । उनि भन्छन यो काम म सहजै जुनसुकै ताल, खोलामा ग...








