सांसद ढकाललाई रत्ननगर नगरपालिकाको सम्मान, नीति र थिति बनाउने काममा लागिपर्छु : सांसद ढकाल
–केशव भट्टराई
रत्ननगर । चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सांसद् हरि ढकालले देशको लागि नीति बनाउने र भूगोलको थिति बनाउने सन्दर्भमा जनमतको भावनाअनुरुप अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार रत्ननगर नगरपालिकाद्वारा आयोजित सम्मान तथा बधाई कार्यक्रममा प्रमुख अतिथि ढकालले हरेक निकायमा गलत प्रवृतिका कारण जनताका अपेक्षाअनुसार काम हुन नसकेको बताउँदै स्थानीय जनप्रतिनिध...









