भरतपुर विमानस्थलको भि.आई.पी. कक्षमा लागेको आगो नियन्त्रणमा
चितवन । भरतपुर विमानस्थलको भि.आई.पि. कक्षमा लागेको आगो नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाका अनुसार आज (शनिवार) बिहान ६ः३५ बजेको समयमा भरतपुर विमानस्थलको भि.आई.पी. कक्षमा लागेको आगो नियन्त्रणमा लिइएको हो ।
उनले विमानस्थल को भि.आई.पि. कक्षको बन्द कोठा भित्र बिद्युतको तार सर्ट भई आगोलागी भएको बताए । थापाले आगो लागेको १५ मिनेटमानै विमानस्...









