कोरोना भाइरसको उच्च अवस्थासँग जुध्न अमेरिका सक्षम : राष्ट्रपति ट्रम्प
अमेरिका । कोरोना भाइरसको महामारी दुई सातामा उच्च बिन्दुमा पुग्दा त्यसको सामना गर्न अमेरिका निकै राम्रो अवस्थामा हुने राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । त्यसबेलासम्म अन्य राज्यहरूलाई भेन्टिलेटर र अरू स्वास्थ्य सामग्री पठाउन सकिने अवस्थामा पुगिने उनको जिकिर छ ।
सोमबार ह्वाइटहाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘अहिले हामीकहाँ कम्तीमा १० कम्पनीहरूले भे...


