कोरोना महामारीबाट २४ हजार बढीको मृत्यु, अमेरिकामा एकै दिन १७ हजार संक्रमित
काठमाडौँ । चीनको वुहान सहर हुँदै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण शुक्रबारसम्म २४ हजार ७३ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन तथा कोरोना भाइरससम्बन्धी विवरण संकलन गर्दै आएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको विवरणअनुसार विश्वभर पाँच लाख ३१ हजार ८१९ जना कोरोना भाइरस संक्रमित भएका छन् ।
जसमा एक लाख २३ हजार ९४२ ...



