कोरोनाको महामारीबाट १७७ देश प्रभावित, ९३१० जनाको मृत्यु

कोरोनाको महामारीबाट १७७ देश प्रभावित, ९३१० जनाको मृत्यु
काठमाडौँ- चीनको वुहान सहरबाट फैलिएर विश्वका १७६ देशमा महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट बिहीबार बेलुकी आठ बजेसम्म ९३१० जनाको मृत्यु भएको छ । बिहीबार अर्थात् मार्च १९ मा इरानमा १४९, स्पेनमा १२९, नेदरल्याण्डस्मा १८, चीनमा आठ, जर्मनीमा आठ, दक्षिण कोरियामा सात, अमेरिकामा सात र इन्डोनेसियामा छ जनाको मृत्यु भएको हो । बिहीबारमात्रै नयाँ संक्रमितको संख्यामात्र...

कोभिड-१९ अपडेट : विश्वका १७० देश प्रभावित, ८२७२ जनाको मृत्यु

कोभिड-१९ अपडेट : विश्वका १७० देश प्रभावित, ८२७२ जनाको मृत्यु
काठमाडौँ- चीनको वुहान सहरबाट फैलिएर विश्वका १७० देशमा महामारीको रुपमा विस्तार भएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट बुधबार राति १० बजेसम्म ८२७२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म दुई लाख ८, हजार १८४ जनामा संक्रमण देखिएकोमा ८२ हजार ९०२ जना निको भई अस्पतालबाट घर फर्किएका छन् । अझै विश्वभर एक लाख १७ हजार १० जना संक्रमितको उपचार जारी छ । जसमध...

कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या १०० नाघ्यो

कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या १०० नाघ्यो
न्यूयोर्क- कोरोना भाइरसका कारण विश्वका शक्तिशाली राष्ट्र अमेरिकामा मात्रै मृत्यु हुनेको सङ्ख्या एक सय नाघेको छ । जोहन्स होप्किन विश्वविद्यालयमा रहेको विज्ञान तथा इन्जिनियरिङ्ग केन्द्रअनुसार बिरामी हुनेको सङ्ख्या भने सात हजार नाघेको छ । अधिकारीहरुका अनुसार पछिल्लो सात घन्टामा झण्डै एक हजार बिरामी बढेर कूल बिरामीको सङ्ख्या सात हजार ३९८ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको कुन सङ्...

चीनद्वारा अमेरिकी पत्रकारलाई देश निकाला गर्ने घोषणा

चीनद्वारा अमेरिकी पत्रकारलाई देश निकाला गर्ने घोषणा
बेइजिङ- चीनले तीन अमेरिकी मिडियाका पत्रकारलाई दिएको अनुमतिपत्र फिर्ता गर्न र देश निकाला गर्ने घोषणा गरेको छ । अमेरिका-चीनबीच कोरोना भाइरसको संक्रमणका विषयमा विवाद बढेपछि मंगलबार चीनले तीन अमेरिकी मिडिया न्युयोर्क टाइम्स, वासिङ्‍टन पोस्ट र वाल स्ट्रिट जर्नलका पत्रकारलाई सन् २०२० को अन्तिमसम्म प्रेस अनुमतिको म्याद हुनेहरुले १० दिनभित्र आफ्नो अनुमतिपत्र फिर्ता गर्न निर्...

कोभिड-१९ अपडेट : विश्वका १६६ देश प्रभावित, ७९८८ जनाको मृत्यु

कोभिड-१९ अपडेट : विश्वका १६६ देश प्रभावित, ७९८८ जनाको मृत्यु
काठमाडौँ- चीनको वुहान सहरबाट फैलिएर विश्वका १६६ देशमा महामारीको रुपमा विस्तार भएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट बुधबार बिहान ११ः३० बजेसम्म सात हजार ९८८ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा अनुसार हालसम्म एक लाख ९८, हजार ६०१ जनामा संक्रमण देखिएकोमा ८२ हजार ७७९ जना निको भई अस्पतालबाट घर फर्किएका छन् । अझै विश्वभर एक लाख सात हजार ८३४ जना संक्रमितको उपच...

कोभिड १९ अपडेट : १६२ देश प्रभावित, ७१७४ व्यक्तिको मृत्यु

कोभिड १९ अपडेट : १६२ देश प्रभावित, ७१७४ व्यक्तिको मृत्यु
काठमाडौँ- चीनको वुहान सहरबाट फैलिएर विश्वका १६२ देशमा महामारीको रुपमा विस्तार भएको कोरोनाभाइरस कोभिड १९ को संक्रमणबाट मंगलबार बिहानसम्म सात हजार १७४ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा अनुसार हालसम्म एक लाख ८२, हजार ७२३ जनामा संक्रमण देखिएकोमा ७९ हजार ८८३ जना निको भई अस्पतालबाट घर फर्किएका छन् । अझै विश्वभर ९५ हजार ६६६ जना संक्रमितको उपचार जारी छ । जसमध्ये ...

कोरोना भाइरसविरुद्धको भ्याक्सिन पहिलोपटक एक महिलामा परीक्षण

कोरोना भाइरसविरुद्धको भ्याक्सिन पहिलोपटक एक महिलामा परीक्षण
काठमाडौँ- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगाउन वैज्ञानिकहरुको एक समूहले विकास गरेको भ्याक्सिन पहिलोपटक मानिसमा परीक्षण गरिएको छ । समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार वासिङ्टनको सियटल सहरमा रहेको केसर परमानेन्ट अनुसन्धान केन्द्रमा चार जनामा खोप परीक्षण गरिएको हो । यो खोपले कोरोना भाइरसविरुद्ध काम गर्छ कि गर्दैन भन्ने यकिनबा...

कोरोनाको महामारी रोक्न नयाँ दिल्लीमा ठूला भेला र रात्रिक्लब बन्द

कोरोनाको महामारी रोक्न नयाँ दिल्लीमा ठूला भेला र रात्रिक्लब बन्द
भारत- भारतको नयाँ दिल्ली प्रदेशमा सरकारले ठूला भेला, रात्रि क्लब, जीम र स्पा बन्द गर्न निर्देशन दिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार धेरै मानिस भेला हुने ठाउँमा बन्द गर्न/गराउन निर्देशन दिएका हुन् । उनको निर्देशन अनुसार ठूला भेला, रात्रिकालीन क्लब, जीम र स्पा कम्तीमा यही मार्च ३१ सम्म बन्द हुने भएका छन् । विश्वमा माहामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क...

जापानमा १९ जनाको सामूहिक हत्या गर्ने युवालाई मृत्युदण्डको फैसला

जापानमा १९ जनाको सामूहिक हत्या गर्ने युवालाई मृत्युदण्डको फैसला
योकोहामा- जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृत्युदण्डको सजाय सुनाइएको छ । जापानको इतिहासमा यो निकै भयावह आमहत्या मानिएको छ । ३० वर्षीय सातोशी उमाचु स्वयंले उक्त हत्याकाण्डको आरोपमा प्रतिवाद गरेका छैनन् तर उनका वकिलहरुले “मानसिक रोग”का कारण नशालु पदार्थको सेवन गरेका सातोशीले जानाजान व्यक्ति हत्या नगरेको दाब...

अमेरिकामाथिको आक्रमण सह्य छैन : विदेशमन्त्री पोम्पेओ

अमेरिकामाथिको आक्रमण सह्य छैन : विदेशमन्त्री पोम्पेओ
वासिङ्टन- इराकस्थित अमेरिकी सैनिक आधार शिविरमा श्रृङ्खलाबद्ध घातक रकेट आक्रमण भएकोप्रति अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सोमबार चासो व्यक्त गर्दै इराकलाई अमेरिकी नागरिकमाथिको कारबाही रोक्न आग्रह गरेका छन् । उनले अमेरिकाले इराकस्थित अमेरिकी सैन्य शिविरमा भएका आक्रमणको आवश्यक बदला लिने चेतावनी दिएका छन् । इराकी प्रधानमन्त्री अदेल अब्देल मेहदीसँग टेलिफोन वार्ता गर्दै पोम...